मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अब मोबाइल शौचालय (ट्याक्टरमा जडित)को सेवा उपलब्ध हुने भएको छ ।
नेपाल सरकार खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना अन्तर्गत नगरपालिकाले ट्याक्टरमा जडित मोबाइल शौचालय प्राप्त गरेसँगै मेचीनगरवासीले यो सुविधा प्राप्त गर्ने भएका हुन् ।
नेपालको खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना व्यवस्थापन कार्यालयबाट मेचीनगर नगरपालिकाको प्रयोजनका लागि मोबाइल शौचालय तथा ट्याक्टर सेट (ट्याक्टरमा जडित) प्राप्त भई आज उक्त सामाग्री मेचीनगर कार्यालय आइपुगेको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको सचिवालयले जनाएको छ ।
पछिल्लो समय बढ्दो शहरीकरण र सवारी साधनालगायतको अत्यधिक चाप तथा १ लाख ३३ हजार ७६ जनसङ्ख्या रहेको नगरपालिकामा यो सामाग्री अपरिहार्य थियो ।