Thursday, November 21, 2024

कनकाईमा जारी वडा स्तरीय नकाउट फुटवल प्रतियोगिता २०८० मा वडा न; ३ र २ को विजयी सुरुवात

Share

•चन्द्र बस्नेत

कनकाई, असोज २५ । प्रजापति सामाजिक क्लव को आयोजना तथा कनकाइ न.पा., १ नम्वर वडा कार्यालय र प्रजापति सामुदायिक वनको विशेष सहयोगमा झापाको कनकाई १ स्थित प्रजापतिमा आज देखि कनकाई नगरपालिका वडा स्तरीय नकाउट फुटवल प्रतियोगिता २०८० सुरु भएको छ ।

बडादशैँ तथा तिहारको अवसर पारेर प्रजापति सामुदायिक वनको खेल मैदानमा प्रतियोगिता सुरु गरिएको आयोजक प्रजापति सामाजिक क्लवका अध्यक्ष ईश्वर सुवेदीले जानकारी दिनुभयो ।आजको उद्घाटन खेलमा वडा न ३ र २ लेब विजयी सुरुवात गरेका छन् ।

कनकाई १ स्थित प्रजापति सामुदायिक वन परिसरमा रहेको खेलमैदानमा भएको पहिलो उद्घाटन खेलमा वडा न ३ ले वडा न ५ लाई १–० गोल अन्तरले हराएको वडा न १ का वडा सदस्यीय हरिकुमार राईले जानकारी दिनुभयो ।त्यस्तै आजै भएको दोस्रो खेलमा वडा न ८ लाई सडनडेथमा हराउदै वडा २ पनि विजयी भएको छ।

आजको पहिलो खेलको प्लेयर अफ द म्याच विजयी टिमका मनिश लिम्बु घोषित भए। उनले मनकामना प्रीन्ट दुर्गापुरका तर्फबाट आकर्षक पुरस्कार प्राप्त गरेका छन् भने दोस्रो वडा न ८ र वडा २ बीचभएको खेलमा विजयी टिमकै सन्दिप इदिङ्गो प्लेयर अफ द म्याच घोषित भए। उनलाई होटल स्वर्गलोक दमकले पुरस्कारको व्यवस्था गरेको थियोे ।

प्रतियोगितामा कनकाईका प्रतेक वडाका एक – एक गरि नौ टिमको सहभागिता रहेको छ ।आजबाट सुरु भएको प्रतियोगिता असोज २९ गते समापन ( फाइनल ) खेल हुने बताएको छ ।प्रतियोगितामा प्रथम पुरस्कार २१ हजार १ सय ११, दोस्रो पुरस्कार राशि १५ हजार १ सय ११ रहेको छ । त्यसैगरी प्रत्येक खेलमा मेनअफद म्याच खेलाडीलाई नगद , फाइनल खेलमा उत्कृष्ट सात विधाहरु गोल किपर, डिफेन्स, मिडफिल्डर, फरवाड, कोचर, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिने आयोजक समितिका खेल संयोजक हेमसिङ्ग श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।भोलिको पहिलो खेल वडा न ४ र ७ तथा दोस्रो खेल वडा न १ र ९ बिचहुने वडा न १ का वडा सदस्य राईले जानकारी दिनुभयो ।प्रतियोगिता अवधिभर रिजाल इन्टरप्राइजेज दुर्गापुरले साउण्ड सिष्टम निशुल्क उपलब्ध गराएको क्लवका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।क्लबका अध्यक्ष सुवेदीको सभापतित्वमा भएको उद्घाटन खेलमा कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरलेको प्रमुख आतिथ्यता रहेको थियोे ।

प्रमुख अतिथी पोखरले ब्यानर बाचन गरि पाँनसमा बत्ती बाली उद्घाटन गरिएको कार्यक्रममा विशेष अतिथि वडा न १ का अध्यक्ष सुशीलकुमार पोखरेल , प्रजापति सामुदायिक वनका अध्यक्ष मातृका पोखरेल लगायले आ- आफ्नो धारणा राख्नुभएको थियोे । वडा न, १का वडा सदस्यीय निर्मला खड्का , दल बहादुर थापा लगायत उपस्थित रहेकोे कार्यक्रममाक्लबका सस्थापक अध्यक्ष राजेश श्रेष्ठले स्वागत गरेको कार्यक्रमको संचालन क्लबका पुर्व अध्यक्ष दिपेश रिमाल र सह- सचीव जितमगरद्वयले सयुक्त रुममा गर्नुभएको थियोे ।

सम्वन्धित

अन्य समाचार