Sunday, November 3, 2024

लागुऔषध प्रयोगकर्ता र अश्लील कार्यमा संलग्न झापाको बिर्तामोडबाट २० जना पक्राउ

Share

कनकाई१५ असोज २०८०/स्थानीयबासीले झापाको बिर्तामोडबाट लागुपदार्थ प्रयोगकर्ता बिक्री वितरण र देह व्यापारमा संलग्न २० जना बालक र किशोरकिशोरीलाई पक्राउ गरी प्रहरीसमक्ष बुझाएका छन् ।

लागुऔषध प्रयोग गरेर होहल्ला गर्ने र सार्वजनिक स्थलमा अश्लील गतिविधि गर्दै आएपछि बिर्तामोड–५ सुगमटोल गणपति मार्गका स्थानीयले उनीहरुलाई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको स्थानीय विपीन बजगाईंले जानकारी दिनुभयो ।

समाज सुधार अभियानअन्तर्गत टोलबासीले लागुऔषध प्रयोगकर्ता, देह व्यापारमा संलग्नमाथि कडा निगरानी राख्दै आएका थिए ।आज बिहान टोलका सचेत नागरिक, जनप्रतिनिधि र प्रहरीको सहयोगमा स्थानीयले सुगम पेट्रोलपम्प पूर्वको खाली ठाउँ र बसपार्क दक्षिणको खाली ठाउँको झाडीबाट उनीहरूलाई पक्राउ गरेका थिए ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट लागुऔषध कारोबारी भएको पुष्टि नभएकाहरूलाई अभिभावक बोलाएर जिम्मा लगाइएको र अभिभावक नभएका १० जना किशोरी र ३ जना बालकलाई सुधारगृहमा पठाइएको डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।झापा टुडेबाट

सम्वन्धित

अन्य समाचार