Thursday, November 21, 2024

झापाका चार पालिकामा भोलि स्थानीय बिदा

Share

झापा – झापाका चार पालिकाले भोलि बिहीबार स्थानीय बिदा दिने निर्णय गरेको छ । मुस्लिम समुदायको विशेष पर्व हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा गाउँपालिकाले बुधबार सूचना निकाल्दै बिहीबार स्थानीय बिदा दिने जानकारी गराएको हो ।

नगर तथा गाउँ कार्यपालिकाको सूचनामा उल्लेख भए बमोजिम कार्यालय तथा पालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहने जनाएको छ । हजरत मोहम्मद पैगम्बर इस्लाम धर्मका प्रवर्तक हुन् ।

सम्वन्धित

अन्य समाचार