Sunday, November 3, 2024

टि २० क्रिकेट प्रतियोगिताको विश्व रेकर्ड नेपालको नाममा

Share

चीनमा जारी एसियन गेम्समा पुरुष क्रिकेट अन्तर्गतको खेलमा नेपालले विभिन्न किर्तिमान बनाएको छ । मंगोलिया विरुद्द टस हारेर पहिले ब्याटिंग गरेको नेपालले विभिन्न विश्व किर्तिमानहरु बनाएको हो ।

नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३१४ रन बनायो । यो टि २० अन्तराष्ट्रिय खेलकै सबैभन्दा उच्च स्कोर हो । यस अघि अफगानिस्तानको नाममा रहेको २७८ रनको रेकर्ड नेपालले तोडेको हो ।

त्यस्तै खेलमा कुशल मल्लले ३४ बल मै शतक प्रहार गर्दै अर्को विश्व रेकर्ड बनाएका छन् । मल्लले कुल ५० बलमा १३७ रन बनाए । यस अघि साउथ अफ्रिकाका डेभिड मिलर र भारतका रोहित शर्माले ३५ बलमा शतक बनाएर किर्तिमान बनाएका थिए । मल्लले ३४ बल मै शतक बनाएर सो रेकर्ड तोकेका हुन् ।

त्यस्तै खेलमा दिपेन्द्र सिंह ऐरीले ९ बल मै ५० रन बनाएर अर्को विश्व रेकर्ड बनाएका छन् । ऐरीले भारतका युवराज सिंहका रेकर्ड तोडेका छन् । युवराजले १२ बलमा अर्ध शतक बनाएका थिए । ऐरिले ९ बल मै अर्थ शतक बनाएर युवराजको रेकर्ड तोडेका हुन् । 

खेलमा कुशल भुर्तेलले १९, आशिफ शेखले १६, कुशल मल्लले १३७, रोहित पौडेलले २७ बलमा ६१ रन, र दिपेन्द्र ऐरीले १० बलमा ५२ रन बनाए ।

भने ३१५ रनको विशाल लक्ष्य पाएको मंगोलिया भने ४१ रनमा अलआउट भएको छ । मंगोलियाका दभासुरेन जामयानसुरेनले १० बनाए भने अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन नसक्दा मंगोलिया ४१ मै समाप्त भएको छ । नेपालका लागि सन्दिप लामिछानेले २, दिपेन्द्र सिंह ऐरीले १, अभिनास बोहोराले २, सोमपाल कामीले १ करण केशीले २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए ।

सम्वन्धित

अन्य समाचार