Thursday, November 21, 2024

वक्तृत्वकला कार्यक्रम आयोजना गर्दै सुरुङ्गा जेसीज सप्ताह समापन

Share

साझा न्यूज (चन्द्र बस्नेत) सुरुङ्गा जेसीजको जेसीज सप्ताह अन्तर्गत गत भाद्र २२ गते शुक्रबारबाट सुरु गरिएको सुरुङ्गा जेसीज सप्ताह आज आईतबार कनकाई नगर खुल्ला मावि स्तरिय वक्तृत्व कला प्रतियोगिता गर्दै सम्पन्न भएको सप्ताह कार्यक्रम संयोजक जेसी रोहित कोईरालाले जानकारी दिनुभयो ।स्थापना काल देखिनै समाज रुपान्तरणमा उत्तरदायी भूमिका खेल्दै आएको सुरुङ्गा जेसीजले यस पटक भने केही फरक गरि जेसीज सप्ताह मनाएको हो ।

विगत वर्ष भन्दा यस वर्ष विशेष गरेर बालबालिकाहरुलाई आजको समाजको आवश्यकता अनुसार समाज रुपान्तरण कसरी गर्न सकीन्छ ?अनि उनीहरुलाई कसरी असल शिक्षा दिन सकीन्छ ? यसको लागी आम अभिभावक र शिक्षकको भुमिका कस्तो रहनु पर्छ ? जस्ता धेरै महत्त्वपूर्ण विषयलाई समेट्दै जेसीजसप्ताह कार्यक्रम गरेको सुरुङ्गा जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी प्रविन तिम्सिनाले जानकारी दिनुभयो ।

सबैका लागि जेसीज , सधैंका लागि जेसीज” मुल नारा लिएर जेसीजले निश्चित वर्गको लागि मात्रैकाम गर्छ भन्ने भ्रमलाई चिर्दै यस वर्ष सुरुङ्गा जेसीजले स्थापना कालदेखि गर्दै गरेका कार्यक्रम भन्दा फरक किसीमका कार्यक्रम गरेको अध्यक्ष तिम्सिनाको भनाई छ।

सप्ताह कार्यक्रमहरुमा यस बर्ष सुरुङ्गा जेसीजले जेसीज संगसगै प्यारागन एकाडेमी साथै जेसीज संगसगै ग्लोबल एडुकेयर नारा उद्घोष गर्दै प्यारागन एकाडेमीका र ग्लोबल एडुकेयरका अभिभावकहरूलाई लक्षित गरी छुट्टाछुट्टै कार्यक्रमको आय‍ोजना गरी जेसीजकी राष्ट्रिय प्रशिक्षक सपना प्रसाईं ओडारी द्वारा अभिमुखीकरण तालिम प्रदान , नारिहरुको महान चाड हरितालीका (तिज) को अवसरमा सुरुङ्गामा तिज विशेष कार्यक्रम,१ सय ७ जना शिक्षकलाई तालिम गर्दै आज वक्तृत्व कला कार्यक्रम गर्दै सप्ताह सप्पन्न गरिएको सप्ताह संयोजक कोइरालाले वताउनु भयो ।

समापन कार्यक्रममा नगरभरिका १३ वटा निजी माध्यमिक बिद्यालयका बिद्यार्थीहरुको सहभागीता रहेको थियोे । प्रतियोगितामा प्यारागन एकाडेमी कक्षा १० मा अध्ययनरत छात्रा सन्ध्या खतिवडा प्रथम , हरिकुल अंग्रेजी बिद्यालय कक्षा १० मा अध्ययनरत बिद्यार्थी नुमा शेर्मा द्वितीय र पशुपति अंग्रेजी विद्यालय कक्षा ९ मा अध्ययनरत बिद्यार्थी प्राप्ती गौतम तृतीय हुनु भएको थियो । प्रतियोगितामा निर्णायकको जिम्मेवारी सुर्य अधिकारी र बालकृष्ण सीटौलाले सम्हाल्नु भएको थियो ।

प्रतियोगीतामा प्रथम , द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई कनकाई चेम्बर अफ कमर्सका अध्यक्ष मिनाल तिम्सिनाले स्पोन्सर गर्नुभएको थियो।विजेता प्रथम द्वितीय तृतीयलाई क्रमशः नगद ५ हजार , ३ हजार र २ हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो।सुरुङ्गा जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी प्रविन तिम्सिनाको सभापतित्वमा आयोजित समापन कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको प्रमुख आतिथ्य रहेको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत खरेलले बालबालिका लक्ष्यित यस्ता कार्यक्रमले समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले आजको आवश्यकता अनुसारको सान्दर्भिक विषय छान्नुभएकोमा धन्यवाद दिदै कार्यक्रममा सहभागी भाईबहिनीहरुलाई आवाजका साथसाथै कलात्मक हिसाबले पनि अघि बढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा कनकाई सामुदायिक वनकी सचिव मान्ता खरेल , रोटरी क्लब सुरुङ्गाका अध्यक्ष शिव कडेल , जेसीजका पुर्व अध्यक्षहरु कुमारमणि पोखरेल , यदुका उप्रेती लगायतले आ- आफ्नो धारणा राख्नुभएको थियोे ।

वक्तृत्व कला तथा समापन कार्यक्रम संयोजक प्रतापबाबु जम्मरकट्टेलले औचित्य माथि प्रकाश पार्नुभएको थियोे भने सहभागी सबैलाई स्वागत जेसीज सपप्ताह कार्यक्रम संयोजक रोहित कोइरालाले गर्नुभएको थियोे। कार्यक्रमको संचालन सुरुङ्गा जेसीज बर्ष २०२३ का महासचिव जेसी दिपेन्द्र प्रधानले गर्नुभएको थियोे ।

सम्वन्धित

अन्य समाचार