Monday, February 24, 2025

सुरुङ्गा जेसीज सप्ताहमा १ सय ७ शिक्षकलाई तालिम

Share

साझा न्यूज (चन्द्र बस्नेत) /सुरुङ्गा जेसीजको जेसीज सप्ताह अन्तर्गत शनिबार शिक्षक तालिम सम्पन्न भएको छ ।

समाज रुपान्तरणमा उत्तरदायी भूमिका खेल्दै आएको सुरुङ्गा जेसीजले विगतका वर्षदेखि नै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सुरुङ्गा जेसीज अध्यक्ष प्रवीण तिम्सिना को सभापतित्वमा आयोजित कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि उप प्रमुख शिवाकोटीले बेला बेलामा यस्ता तालिम आवश्यक रहेकोे र यो तालिम अतिउपयोगी सावित भएको भन्दै आगामी दिनमा पनि संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रेडक्रस सुरुङ्गा उप शाखाका सभापति बालकृष्ण प्रसाईं, सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष कमल कट्टेल, निवर्तमान अध्यक्ष शुस्मा न्यौपाने, सहभागी शिक्षकमा पाथीभरा एकडेमी कनकाई-८ लक्ष्मीपुरका शिक्षक सुशील सुवेदी, पशुपति अंग्रेजी विध्यालय सुरुङ्गाकी शिक्षक नम्रता पौडेल उप्रेती लगायतले आ- आफ्नो धारणा राख्नुभएको थियोे ।

नेपाल जेसीजका रास्टिय प्रशिक्षक सेवक बजगाईद्वारा सहजीकरण रहेकोे कार्यक्रममा कार्यक्रम सयोजक प्रतापवावु जमर्कट्टेलले औचित्य माथी प्रकाश पारेको कार्यक्रममा सपप्ताहा सयोजक रोहित कोइरालाले स्वागत गर्नुभएको थियोे ।कार्यक्रममा नगरभरिका १ सय ७ जना निजी शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमको संचालन जेसी दीपेन्द्र प्रधानले गर्नुभएको थियोे ।

सम्वन्धित

अन्य समाचार