Friday, October 18, 2024

झापाका ५ पालिका प्रमुख दक्षिण कोरिया प्रस्थान

Share

झापाका ५ वटा पालिका प्रमुख दक्षिण कोरियाको राजधानी सिओलमा हुने वर्ल्ड मेयर फोरमको समिटमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

सिओल महानगरपालिकाका मेयरको आमन्त्रणमा जाने टोलीमा झापाका चार नगरपालिका प्रमुखहरू भद्रपुरका गणेश पोखरेल, बिर्तामोडकी पवित्रा महतारा प्रसाईँ, कनकाईका राजेन्द्र पोखरेल, दमकका राम थापा र गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी छन् ।

पालिका प्रमुखसहितको टोली शनिबार राति त्रिभुवन विमानस्थलबाट दक्षिण कोरिया प्रस्थान गरिसकेका छन् । भद्रपुरका प्रमुख साथै ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की र अन्तर्राष्ट्रिय  युवा केन्द्र नेपालका उपाध्यक्ष योगेन्द्र पौडेल सहभागी छन् ।

पौडेलका अनुसार झापाको टोली सिओलमै आयोजना हुने वर्ल्ड स्मार्ट सिटी अर्गनाइजेशनको वार्षिक महासभामा समेत सहभागिता जनाउने छ । ती दुवै कार्यक्रम यही असोज ८, ९ र १० गते सिओल महानगरमा आयोजना हुँदैछ । 

सम्वन्धित

अन्य समाचार