Friday, October 18, 2024

संविधान कार्यन्वयन गर्नुपर्नेमा कनकाई नगर प्रमुख पोखरेलको जोड

Share

३ असोज २०८०
झापा

कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले २०७२ सालको संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संविधान दिवसका अवसरमा आज नगर परिसरमा आयोजित एक विशेष कार्यक्रममा नगर प्रमुख पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभएको हो।
उहाँले तिनै तहका सरकार मिलेर संविधानको प्रभावकारीरुपमा कार्यन्वयन गर्दै स्वदेशमा नै रोजगारीको व्यवस्था , स्वदेशमा नै उच्च- शिक्षा हासिल गर्ने वातावरण निर्माण गरि पढ्न कै लागि विदेशीने कार्यलाई निरुत्साहित गर्नुपर्ने धारणा पनि राख्नुभयो।

नगर प्रमुख पोखरेलले संविधान दिवस कुनै एकपार्टी, विभिन्न जात-जाति विशेषको मात्र नभई सम्पूर्ण नेपालीको साझा उपलब्धि र सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस रहेकाले पनि संविधान दिवस मनाइरहदा २०७२ सालको नेपालको संविधान कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिनुभएको हो।

नगर प्रमुख पोखरेलले कार्यक्रममा बोल्दै हामी सबैले आफ्नो उद्देश्यको बाटो बिर्सन नहुने र सबै नेपाली एकताको माला जस्तै रहि नेपालको नक्सालाई विदेशीले तोडमोड गरि सार्वजनिक गर्छ भने त्यो हामीकसैलाई पनि मान्य नहुने धारणा राख्नुभयो।

कार्यक्रममा नगर प्रमुख पोखरेल उप प्रमुख आशा शर्मा शिवाकोटी , नगर प्रवक्ता तथा वडा न ५ का अध्यक्ष कृष्णबहादुर राई , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा न १ का अध्यक्ष सुशील कुमार पोखरेल, वडा न २ का अध्यक्ष वलराम राई( प्रताप )वडा न ३ का अध्यक्ष युवराज चौलागाईं ,वडा न ४ का अध्यक्ष रोषन सुवेदी ,वडा न ७ का अध्यक्ष भिस्मभुषण सिटौला , वडा न ८ का अध्यक्ष लिलाबहादुर कटुवाल , योजना साखा प्रमुख जमुना कटुवाल , जिन्सी साखा प्रमुख भोजराज आचार्य , कर्मचारी विजय पाठक , सम्झना तिवारी , कार्यपालिका सदस्य , वडा सदस्य सुरक्षा कर्मी लगायतले एकै साथ झन्डोतलन गर्दै इलाका प्रहरी कार्यलय सुरुङ्गाको टोलीले सलामी अर्पण समेत गरेको थियोे ।
नगर उप -प्रमुख शिवाकोटीद्वारा स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खरेल,नगर प्रवक्ता तथा वडा न ५ का अध्यक्ष राईले संविधान दिवसको बारेमा खुलेर चर्चा गर्नुभएको थियोे ।

झन्डोतलन र वीर सहिदहरु प्रती माल्यरपण गर्दै सुरुवात गरेको कार्यक्रमको सन्चालन कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गर्नुभएको थियोे ।

सम्वन्धित

अन्य समाचार