Wednesday, March 12, 2025

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा झापाबाट एक जना पक्राउ

Share

बिर्तामोड । झापामा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–९ धुलाबारीका ४२ बर्षिय तीलक श्रेष्ठलाई बुधबार (आज) प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गत भदौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका–५ महानन्द चोकस्थित एक गेष्ट हाउसमा लगेर श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो

।उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको जनाइएको छ । त्यस बिषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित

अन्य समाचार