Friday, October 18, 2024

साढे १० लाख भारुसहित विराटनगरबाट एक जना पक्राउ

Share

साझा न्यूज/ मोरङ प्रहरीले १० लाख ५० हजार भारतीय रुपैयाँसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट भारत बिहारको खगडीया गाउँ पञ्चायत महेशखुटका ३२ वर्षीय चन्दनकुमार यादवलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीको टोलीले आज पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ परेकाको साथबाट १० लाख ५० हजार भारतीय रूपैयाँ (नेपाली १६ लाख ८० हजार रुपैयाँ) बरामद भएको छ ।

पैदल यात्रा गरिरहेका यादवले बोकेको झोलाबाट ५ सय दरका भारतीय नोट बरामद प्रहरीले गरेको थियो ।बरामद भएको नोटसहित यादवलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी प्रहरीले गरेको छ ।

सम्वन्धित

अन्य समाचार