झापा । झापाको बुद्धशान्तिमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका- २ निवासी १९ वर्षीय मनोज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुद्धशान्ति-१ स्थित कुलोमा डुबिरहेका उनलाई प्रहरीले तत्काल उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।