Friday, October 18, 2024

मृगौला पिडीत मुर्मुलाई कारितासको सहयोग

Share

साझा न्यूज/ मृगौला पिडीत मुर्मुलाई कारितासको सहयोग कारितास मिसियोको आर्थिक नेपालको आयोजना एवं झापा गाउँपालिकाको समन्वयमा संचालित सुरक्षित बैदेशिक रोजगारको प्रर्वद्धन तथा मानव बेचबिखन रोकथम परियोजना द्धारा आज भाद्र १५ गतेका दिन झापा गाउँपालिका वडा नं ७ निवासी ३२ वर्षीय प्रधान मुर्मुलाई उपचारमा सहयोग मिलोस भन्नका निम्ती २० हजार रकम सहयोग गरको छ ।

मुर्मु बैदेशिक रोजगारको शिलशिलामा आठ महिना अघि २ लाख रिन गरेर लेवर भिषामा दुवई जानुभएको थिए । काम सुरु गरेको ६ महिनामा नै काम गर्न नसकेकाले चेक जाच गर्दा दुवै मृगौलामा स्टोन रहेको र अपरेस्न गर्नुपर्ने भएकाले कम्पनिले उपचारमा खर्च नगर्ने र अपरेशनमा ७ हजार दिराम लाग्ने भएकाले पैसाको जोहो गर्न नसक्दा उहाँ १ महिना अघि घर आई उपचार सहयोगको लागि सहयोगि खोजि रहनुभएको छ ।

आयस्रोत नभएकाले उपचार गर्न नसकि दुखाई सहेर बस्नु परेकोे उहाँले बताउनुभो । झापा गाउँपालिका कार्यभाहक अध्यक्ष अन्जु देवी थपलिया,वडा नं ७ का अध्यक्ष शखिचन्द ठाकुर,कारितास नेपाल प्रदेशिक प्रबन्धक देवेन्द्र पोख्रेल, परियोजना अधिकृत हिमालय अघिकारी, वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटी, फिर्ती स्वम सेवक सनातान दाशको उपस्थीतिमा सो रकमा हस्तान्तरण गरिएको थियो ।

सम्वन्धित

अन्य समाचार