Friday, February 14, 2025

दमकमा जङ्गली हात्तीको उपद्रो, किराना पसल र अन्नबालीमा क्षति

Share

झापाको दमकमा जङ्गली हात्तीले किराना पसल र स्थानीयको घर भत्काएर करिब एक लाख भन्दा बढीको सामान खाइदिएको प्रहरीले जनाएको छ ।

जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा दिनभर बस्ने हात्तीले साँझ बिहान घरमा भण्डारण गरेको अन्नबाली खाइदिने, लहलह भएको धान कुल्चेर नष्ट गर्नेदेखि किराना पसल नै फोरेर सामान खाने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार जङ्गली हात्तीले दमक नगरपालिका–३ दीपज्योति चोकका वीरबहादुर खत्रीको किराना पसल भत्काएर ६० हजार रुपैयाँको सामान खानुको साथै नष्ट गरेको छ

।प्रेमबहादुर निरौलाको किराना पसलको पक्की पर्खाल भत्काएर फ्रिजमा क्षति पु¥याएको छ । फ्रिज भत्काउँदा २५ हजार रुपैयाँ बराबरको क्षति पुगेको उनले बताए ।

सोही स्थानका बलबहादुर श्रेष्ठको जस्ताको छानो, टाटीको बेरा भएको घर भत्काएर भण्डार गरेको सात हजार रुपैयाँ बराबरको चामल, मकै खाइदिएको उनको भनाइ छ ।मेचीनगर, कचनकवल, हल्दिबारीका विभिन्न स्थानमा दैनिक जसो हात्तीले स्थानीयवासीको घर भत्काउने, भण्डारणको अन्न खाइदिने गर्दै आएको छ ।

जिल्लामा करिब १२ रैथाने हात्ती रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

सम्वन्धित

अन्य समाचार