Friday, October 18, 2024

स्कुल बसको ठक्करबाट घाइते ८ वर्षीया समीक्षाको मृत्यु

Share

बिर्तामोड । झापामा स्कुल बसको ठक्करबाट हिजाे घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

सोही दुर्घटनामा परी घाइते अन्य २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । बुद्धशान्ति गाउँपालिकास्थित कर्णाली एजुकेसन फाउन्डेसनको बसले ठक्कर दिँदा चार जना घाइते भएका थिए । घाइतेमध्ये ८ वर्षीया समिक्षा बस्नेतको उपचारका क्रममा बिएन्डसी हस्पिटलमा निधन भएको प्रहरीले जनाएको छ ।

उनी स्थानीय ज्योति अङ्ग्रेजी मावि कि विद्यार्थी थिइन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यम खड्काका अनुसार घाइतेमध्ये सोही ठाउँकी ८ वर्षीया बालिका समीक्षा बस्नेतको अवस्था गम्भीर थियो ।

दुर्घटनामा समीक्षासँगै आमा रिता बस्नेत र ५ वर्षीय भाइ सन्दीप बस्नेत घाइते भएका थिए । बुद्धशान्ति गाउँपालिका ३ स्थित प्रणामी मन्दिर नजिकै भएको दुर्घटनामा ८ वर्षीया बालिका समीक्षाको अवस्था गम्भीर थियो ।

जयपुर बुधबारे सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ क ८६० नम्बरको कर्णाली एजुकेसन फाउन्डेसनको स्कुल बसले सोही दिशातर्फै जाँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा संलग्न बस र सोही ठाउँ निवासी चालक मदन घिमिरेलाई प्रहरी नियन्त्रणमा लिएको जनाएको छ । बस चालकको लापरबाहीका कारण दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्वन्धित

अन्य समाचार