Thursday, November 21, 2024

मनमोहन अस्पतालसँग कुनै सहमति भएको छैन : पीडित परिवार

Share

बिर्तामोड । बिर्तामोडमा भएको सुत्केरी प्रकरणमा कुनै सहमति नभएको परिवारले जनाएको छ

। विभिन्न सञ्चार माध्यममा सहमति भएको भन्ने खवर झुटो भएको बहिनी कुसुम संग्रौलाले जानकारी दिइन् ।झापाको बिर्तामोडमा विवाद सहमति भएपछि टुंगिएको भन्ने भन्ने खवर निराधार भएको पीडित पक्षको भनाई छ ।

मनमोहन अस्पताल प्रशासन र पीडित पक्षबीच साँझसम्म छलफल भएको थियो ।गत साउन २७ गते प्रसूति गराउन बिर्तामोडको मनमोहन हस्पिटल ल्याइएकी बिर्तामोड १ की २७ वर्षीया सिर्जना संग्रौलाको मृत्यु भएको भनिए पनि विर्तासिटीले औपचारिक घोषणा गरेको छैन । पीडित परिवारले चिकित्सकको लापरबाही भएको बताउदै आएका छन् ।

अस्पताल पक्षबाट गल्ती स्वीकार गर्दै पीडित पक्षलाई २० लाख क्षतिपूर्ति दिने, उपचारमा संलग्न चिकित्सकलाई कारबाहीका लागि सम्बन्धित ठाउँमा सिफारिस गर्ने र नवजात शिशुलाई कक्षा १२ सम्म अध्ययन गराउने सहमति भन्ने कुरा गलत भएको बताइएको छ ।

यसअघि प्रकाशित समाचारमा गलत सूचनाको विश्वासले त्रुटि हुन गएकोमा आम पाठक समक्ष क्षमा चाहान्छौं । – सम्पादक

सम्वन्धित

अन्य समाचार