साझा न्यूज/ झापाको कनकाई नगरपालिका वडा नम्बर ८ र ४ का २४ जना भुमिहिन सुकुम्बासीलाई तेस्रोपटक जग्गा धनीपुर्जा बितरण गरिएको छ ।
नगरपालिकामा लामो समयदेखि बसोबास गर्दै आएका र देशभरको कुनैपनि ठाउँमा परिवारको नाममा जमिन नभएका २४ घर परिवारलाई निःशुल्क बसोबासीको आधारमा जमिनको लालपुर्जा प्रदान गरिएको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।
नगरपालिकामा आइतवार आयोजित एक कार्यक्रममा विच राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष तिलक पाण्डे, कनकाई नगरपालका प्रमुख पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, भुमि आयोगका सदस्य सानुकुमार लामा, सदस्य ताराप्रसाद उपाध्याय, युएन हयाबीटाटकी प्रोग्राम कोडिनेटर मिस हेलेन जीएलटिएन, नापी कार्यालय झापाका प्रमुख सुरेशलाल कर्ण, भुमिसुधार तथा मालपोत कार्यालयका प्रमुख योगेन्द्र दुलाल, कनकाई ४ का वडाध्यक्ष रोषन सुवेदी, ८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाललगायातले धनीपुर्जा बितरण गरेका हुन् । लामो समयदेखि कनकाई नगरपालिका ४ र ८ मा बसोबास गर्दै आआएका सुकुम्बासीलाई आधा कठ्ठादेखि डेढ कठ्ठासम्मसम्मको धनीपुर्जा बितरणगरिएको हो ।
वडा नम्बर ४ का ११ जना र ८ का १३ जना सुकुम्बासीलाई धनीपुर्जा बितरण गरिएको नगर कर्मचारी विजय पाठकले जानकारी दिए।धनीपुर्जा बितरण गर्दै राष्ट्रिय भुमि आयोग झापाका अध्यक्ष तिलकसिंह पाण्डेले देशकै सबैभन्दा वढी धनीपुर्जाको क्षेत्रमा कनकाईले काम गरिरहेको भन्दै पाण्डेले कनकाई नगरपालिकाको कामको प्रसंसा गरे ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकामा भुमिहिन दलित ३ सय ७७, भुमिहिन सुकुम्बासी २ हजार ३ सय २९ र अव्यवस्थित बसोबास गर्ने ४ हजार ४ सय २५ जना करि कुल ७ हजार ९१ जना भुमिहिन, दलित तथा अव्यवस्थित बसोबासीको धनीपुर्जा वितरणको तयारी गरिएकोमा हालसम्म ८१ जनाको मात्रै धनीपुर्जा बितरण गर्न पाएको बताए ।
कतिपय कानुनी झन्झट र महगो शुल्कका कारण खासमा अव्यवस्थित बसोबासीको धनीपुर्जा बितरणमा समस्या आएको नगरप्रमुख पोखरेलले भनाई रहेको छ ।कार्यक्रममा राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष पाण्डे, भुमि आयोगका सदस्य सानुकुमार लामा, सदस्य ताराप्रसाद उपाध्याय , शुरेश कुमार खनाल, युएन हयाबीटाटकी प्रोग्राम कोडिनेटर मिस हेलेन जीएलटिएन, युएन हयाबीटाटका प्रतिनिधि राजाराम छ्तकुल्ली, नगर कर्मचारी दिवस ओली, रन्जना कट्टेल, नापी कार्यालय झापाका प्रमुख सुरेशलाल कर्ण, भुमिसुधार तथा मालपोत कार्यालयका प्रमुख योगेन्द्र दुलाल, जगत देउजा, देवेन्द्र चापागाईं, रेनु कडेल कनकाई ४ का वडाध्यक्ष रोषन सुवेदी, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल लगायातले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सन्चालन कर्मचारी लक्ष्मी अधिकारीले गरेका थिए ।