साझा न्यूज/ झापाको कनकाई—१ स्थित श्रृजना टोलमा पानीको खाल्डोमा डुबेर दुई बालबालिकाको निधन भएपछि यतिबेला टोलबासी सोकमा रहेका छन् ।
दिउँसो ३ बजेको समयमा स्थानीय बिजय भुजेलकी ४ बर्षिय छोरी निशा भुजेल र अर्का प्रकाश जोगीका अढाई बर्षिय छोरा अनमोल जोगीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो / स्थानीय बाघे खोलाले बनाएको खाडलमा जमेको पानीमा खेल्ने क्रममा दुबै बच्चाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले जानकारी दिए ।
दुबै घरका अभिभावकहरु जनमन गर्न अन्यत्र गएको र बच्चाहरु खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।बच्चा डुबेर मृत्यु भएको बाटोमा हिंड्दै गरेका बटुवाले देखेर स्थानीयलाई खबर गरेका थिए । विपन्न वर्गको परिवारका सदस्य रहेका ती बालकका अभिभावक भने जनमन गरेर जिविकोपार्जन गर्ने गरेको बताइएको छ ।
बालकको घटनास्थलबाट मुजुल्का उठाएर पोष्टमार्टमकालागी प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।