Thursday, November 21, 2024

दमकका प्रमुख प्रशासकीय अधिकृत निरौलाको सरुवा, कार्की आउँदै

Share

झापास्थित दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको सरुवा भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिवको सरुवा गरेसँगै प्रमुख प्रशासकीय अधिकृत निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा पठाएको छ ।दमकमा तार्केश्वर नगरपालिका काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई पठाइएको छ ।

डम्बरुले एक महिलासँग नगरपालिकाको क्वाटरभित्रै अश्लील क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जाल टिकटकमार्फत बारिएपछि विवादमा परेका थिए । त्यसपछि उनलाई मन्त्रालयले पत्र काटेर बोलाएका थिए ।

सम्वन्धित

अन्य समाचार