Thursday, November 21, 2024

प्रहरी हिरासतमा रहेकी एकल महिलाको मृत्यु : प्रहरी र पीडितको आ–आफ्नै दाबी

Share

साँझ डटकम/ जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको छ ।

प्रहरीहरूको हिरासतमा महिलाको मृत्यु भएपछि स्थानीयहरूमा डर त्रासको अवस्था सृजना भएको छ । प्रहरी नायब उपरीक्षक कैलास राईको भनाई अनुसार थुनुवा महिलाले हिजो राती १० बजेर ५ मिनेटमा शौचालयमा गएर आत्महत्याको प्रयास गरेकी थिईन ।प्रहरीले खबर पाउन साथ निज महिलालाई प्रादेशिक असपताल मलंगवामा लगेर चेकजाँच गर्दा महिलाको मृत्युु भईसकेको चिकित्सकले बताएको नायब उपरीक्षक राईको भनाई छ ।

हिरासतमा रहेकी एकल महिला प्रहरीहरूकै अगाडि आत्महत्याको प्रयास गरेपछि थुनुवा कोठामा रहेका प्रहरीले थाह नपाउनु चिन्ताको बिषय रहेको स्थानीयहरूको भनाई छ ।साउन १ गते सोमवार ७ बजे मलंगवा ८ झिलिमिलियामाई नजिकै नेपाल भारत बोर्डर ईलाकाबाट शसस्त्र प्रहरीले श्रोत नखुलेको रकम र चाँदीसहित नेपाल आउँदै गरेका २ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चक्रघट्टा गाउँपालिका ८ का बर्ष ३२ का राम केवल राय र सोहि ठाउँकी बर्ष ४० कि हजरत खातुन थिए ।

श्रोत नखुलेको ५ लाख ४ हजार नेपाली रुपैयाँ र ५ सय ७७ ग्राम चाँदी सहित पक्राउ परेका दुबैलाई प्रहरीले ३ गते बुधवार भन्सार कार्यालय मलंगवा बुझाएका थिए । मलंगवा भन्सारले ४ गते बिहिवार हजरत खातुनलाई ३ लाख ३९ हजार धरौटि तोकेकोमा खातुनले धरौटिबापतको रमक बुझाउन नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा हिजो साझमा पठाएको थियो ।

महिला हिरासतमा रहेकी खातुनले राति १० बजेर ५ मिनेटको समयमा शौचालयमा गई सलले पासो लगाई आत्महत्याको प्रयास गरेको ड्युटिमा रहेका प्रहरीले थाहा पाई उपचारका लागी प्रादेशिक अस्पताल मलंगवा पुर्याएको भएपनि निज महिलालाई चिकित्सकहरूले मृत घोषणा गरेको थियो ।

प्रहरीकै हिरासत कसैले आत्माहत्या गरेको जिल्लाको ईतिहासमा यो पहिलो घटना हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक कैलाश राईले घटनाबारे अनुसन्धान भईरहेको बताएका छन् ।

सम्वन्धित

अन्य समाचार