मोरङ – विराटनगरमा सुधार केन्द्रका सञ्चालकलाई भेट्न पुगेका नेपाली कांग्रेस महानगर कमिटी सदस्य अभिषेक थापाको मृत्यु भएको छ।
महानगर कमिटीका सभापति दिपक चापागाइँका अनुसार बिहीबार राती थापाको मृत्यु भएको हो।विराटनगरस्थित एक सुधार केन्द्रमा बिहीबार राती पुगेका थापा केन्द्रमै बेहोस अवस्थामा भेटिएको बताइएको छ।
मोरङ प्रहरीका अनुसार करिब ३५ वर्षीय थापालाई तत्कालै उपचारका लागि लाइफ गार्ड अस्पताल पुराइएको थियो।मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रञ्जन दाहालका अनुसार थापा दिउँसो करिब साढे ३ बजेतिर विराटनगर- ४ स्थित नवज्योति सुधार केन्द्रका सञ्चालक सुशील रिजाललाई भेट्न पुगेका थिए।
थापा र रिजाल चिनजानका साथी रहेको प्रहरीले जनाएको छ।भेटघाट भएपछि दुवै जनाले दही-चिउरा खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता दाहालले जानकारी दिए।प्रवक्ता दाहालका अनुसार दही चिउरा खाएर सुधार केन्द्रमै सुतेका थापा रातिसम्म नउठेपछि उपचारका लागि अस्पताल लगिएको थियो।
उपचारका लागि अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रवक्ता दाहालको भनाइ छ।