










कनकाई नगरपालिका वडा नं ५,६ र ८ को बालमैत्री स्थानीय शासन अवलम्बन प्रकृयामा सूचकहरु प्राप्त भएको सम्बन्धमा जिल्ला अनुगमन समिति, झापाबाट स्थलगत अनुगमन सम्पन्न भयो । समितिले वडा नं ५,६ र ८ को वडा कार्यालय, विद्यालयहरुको स्थलगत अनुगमन गरी सूचकहरुको प्रगति र अवस्था अनुगमन गरेको थियो तथा स्थानीय सरोकारवालाहरुसँग बालमैत्री स्थानीय शासनबारे अन्तरकृया समेत गरेको थियो ।
अनुगमनमा जिल्ला समन्वय समिति उपप्रमुख, सदस्यहरु, निमित्त जिल्ला समन्वय अधिकारी , शिक्षा विकास समन्वय इकाई प्रमुख, जिल्ला प्रशासन कार्यालय प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय प्रतिनिधि, जिल्ला बाल सञ्जालका अध्यक्ष र सदस्य लगायतको उपस्थिति थियो । अनुगमन समितिलाई नगर बालमैत्री स्थानीय शासन समितिका अध्यक्ष मेयर राजेन्द्रकुमार पोखरेल सहित नगर बाल अधिकार समितिका अध्यक्ष उपमेयर आशा शर्मा सिवाकोटीले स्वागत गर्नुभएको थियो ।