Thursday, November 21, 2024

सानो साथी मन्टेस्वरीका प्रिन्सिपलसहित तीन जना पक्राउ

Share

मेचीनगर । प्रहरीले मन्टेश्वरीको सेप्टिक ट्यांकीमा डुबेर मृत्यु भएका बालक तान्छोपहाङ लिम्बु पढ्ने स्कुलका प्रिन्सिपल मनोज गुरुङसहित तीन जनालाई पक्राउ गरेको छ ।

मेचीनगर- १० धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामक मन्टेस्वरी स्कुलमा नर्सरीमा पढ्ने तान्छोप सोमवार स्कुलको ‘ढोकामै एम्बुस थापे जस्तो शौचालय’को सेप्टिक ट्यांकीमा डुबेर घाइते भएका थिए ।प्रहरीले आज उपचारको क्रममा बीएन्डसी हस्पिटलमा उनको मृत्यु भएको जानकारी दिएको छ ।

मृतकका आमा र बाबुले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कार्वाहीको माग गर्दै किटानी जाहेरी दिनु भएको थियो ।इप्रका काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दिपक भारतीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिइएको पुष्टि गर्नुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेहरुमा मेचीनगर–११ का ४५ वर्षीय मनोज गुरुङ, मेचीनगर–११ की ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल रहेका छन् ।मृतका परिवारले किटानी जाहेरी दिए अनुसारका अर्का आरोपी एवम् स्कुलका सञ्चालक काठमाडौं–३१ निवासी ४२ वर्षीय सुरेन रसाइली फरार छन् ।

गुरुङ र रसाईली स्कुलका साझेदार रहेको बुझिएको छ भने पोखरेलले स्कुलको कोअर्डिनेटर र सुनारले कर्मचारीको काम गर्दै आएका थिए ।हाल बालकको शब बीएन्डसी हस्पिटलको शबगृहमा राखिएको छ ।

जाहेरी दिने प्रक्रिया ढिलो मात्र सकिएका कारण मंगलवार शबको पोस्टमार्टम जाँच गर्न भ्याइएन । बुधवार शबको पोस्टमार्टम जाँच गरेर अन्तिम संस्कार गरिने बुझिएको छ ।मृतक तान्छोपहाङका बाबु खर्कबहादुर सुब्बा बहराइनमा वैदेशिक रोजगारी गर्दै आउनु भएको छ । छोराको दुःखद् खबर सुनेर उहाँ मंगलवार विदेशबाट घर आइपुग्नु भएको हो ।

ईजलास दैनिक बाट

सम्वन्धित

अन्य समाचार