Monday, December 2, 2024

अमेरिकामा अवतरण हुनुअघि नै विमान दुर्घटना, ६ जनाको मृत्यु

Share

क्यालिफोर्निया । क्यालिफोर्निया एयरपोर्ट नजिकैको एउटा मैदानमा एउटा सानो विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासनका अनुसार दुर्घटना लस एन्जलसबाट करिब १३० किलोमिटर दक्षिणपूर्वमा रहेको मुरिएटामा बिहान ४ः१५ बजे भएको थियो। यस दुर्घटनामा भएको आगलागीका कारण करिब एक एकडमा लगाएका रुख तथा बोटबिरुवा पनि जलेर खरानी भएको छ ।उक्त विमानमा सवार सबैको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकहरुको अझै सनाखत हुन सकेको छैन । रिभरसाइड काउन्टी फायर डिपार्टमेन्टका अनुसार आगो निभाउन अग्नि नियन्त्रकहरूलाई एक घण्टाभन्दा बढी समय लागेको थियो। आगलागीले यो व्यवसायिक जेट पूरै जलेको थियो। यस दुर्घटनाका कारण फ्रेन्च भ्याली एयरपोर्ट नजिक केही क्षति भएको जानकारी आएको छ ।

अमेरिकाको सङ्घीय नागरिक उड्डयन विभागले राष्ट्रिय यातायात सुरक्षा बोर्डको टोलीसँग यस हवाई दुर्घटनाको अनुसन्धान गरिरहेको छ। सिएननको रिपोर्ट अनुसार सेस्ना सि ५५० विमान लस भेगासबाट क्यालिफोर्निया जाँदै थियो। विमान लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ३ः१५ बजे उडेको थियो, जुन क्यालिफोर्नियाको मुरिएटा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

सम्वन्धित

अन्य समाचार