Friday, October 18, 2024

सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ

Share

सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखिया रहेको प्रहरीले जनाएको छ ।ट्रकका चालक बाराको निजगढ नगरपालिका ६ का ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएका छन् ।सोमबार दिउँसो चन्द्रनगर गाउँपालिका ७ मा भुँसा लोड गरि गुडिरहेको ना४ख ६९७६ नम्बरको ट्रकमा माथि रहेको बिजुलीको तार छुँदा करेन्ट लागेको थियो ।मजदुर मुखियाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्वन्धित

अन्य समाचार