Monday, December 2, 2024

सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा

Share

सुदूरपश्चिम प्रदेश सरकारले आज बुधबार प्रदेशभर शोक बिदा दिएको छ ।मंगलबार सवारी दुर्घटनामा मृत्यु भएका सूदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा बुधबार शोक बिदा दिइएको हो ।गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो ।दुर्घटनामा मन्त्रीकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको थियो ।

सम्वन्धित

अन्य समाचार