Friday, October 18, 2024

मोरङमा एक विद्यालयको शौचालयमा आगो लगाएर लेखापालले गरे आत्मदाहको प्रयास

Share

मोरङमामा एक विद्यालयको शौचालयमा आगो लगाएर लेखापालले गरे आत्मदाहको प्रयास विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका मृगौलियामा रहेको श्री माध्यमिक विद्यालयका लेखापालले आम्मदाहको प्रयास गरेका छन् । विद्यालयको शौचालयमा भित्र आगो लगाएर विद्यालयका लेखापाल मनिल ढकालले आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गरेका उनी गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएकोमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको मोरङ प्रहरीले जनाएको छ । विद्यालयमा काम छ भनी उनी बिहानै घरबाट विद्यालय गएका थिए ।विद्यालयमा बिहान ढकाल भन्दा अरु नभएकाले आफैले आगो लगाएको हुनसक्ने मोरङ प्रहरीका डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनले घटनाको बिषयमा अनुसन्धान भैरहेको बताए।

सम्वन्धित

अन्य समाचार