जिल्ला सरकारी वकिलको कार्यालय मोरङ परिसरमा एकजना थुनुवाले गलत प्रयास गरेर मृत्युवरण गर्न खोजेका छन् ।जबरजस्ती करणी मुद्दामा पक्राउ परेका उर्लाबारीका ३० वर्षीय केशव नेपालीले कार्यालयको शौचालयमा हत्कडीले घाँटी रेटेका हुन् ।त्यस क्रममा गम्भीर घाइते नेपालीलाई कोशी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार संभव नभएपछि थप उपचारको लागि नोबेल हस्पिटल लगिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रहेका उनलाई प्रहरीले म्याद थप गर्न मोरङ अदालत लगेको थियो ।