Wednesday, February 5, 2025

सुधारको वाटोमा पशुपति प्रा.वि.

Share

कनकाई झापा ।

कनकाई नगरपालिका झापाको मध्य भागमा रहेको छ। क्षेत्रफलको हिसावमा ७९.१ बर्ग कि.मि मा फैलिएको यो नगरपालिकाम ९ वटा वटा रहेकाछन। १४ वटा सामुदायिक विद्यालय मध्ये पशुपति प्रा.वि. कनकाई १ प्रजापतिमा अवस्थित रहेको छ। कनकाई नगरपालिकालाइ शैक्षिक हव बनाउदै गर्दा विद्यार्थी संख्या कमी रहेको पशुपति प्रा.वि मा यस वर्ष भने शैक्षिक सुधार तर्फ अगाढी बढेको पाईएको छ। कनकाई १ को माथिल्लो भेगमा अन्य सामुदायिक विद्यालय र बोर्डिङ नभएकोले शैक्षिक तथा प्रसासनिक सुधार गर्न सके विद्यार्थी संख्या बढ्ने कुरा स्वयम विद्यालयका प्रधानध्यापक खेम कार्की स्वीकार्छन।

प्रधानाध्यापक खेम कार्की भन्नुहुन्छ केही वर्ष अघाढी जम्मा ४० जना विद्यार्थी थिए, यस वर्षवाट हामीले केही विषयहरु अग्रेजी माध्यमवाट सुरु गरेका छौ, यस वर्ष विद्यार्थी भर्ना अभियानलाई तिब्रता दियौ,  जम्मा ७४ जना विद्यार्थी भर्ना भएका छन। वडा कार्यलयको  सहयोगमा एक जना निजि शिक्षक समेत व्यवस्था गरिएको छ। आर्थिक वर्ष २०८०/८१ वाट प्रजापति सामुदायिक वन संग १ जना शिक्षक व्यवस्था गर्न सहयोग माग गरेका छौ। सामुदायिक वन समिति समेत सकारात्मक देखिएका छन। यस  वर्ष वडा कार्यलय मार्फत १ थान ल्यापटप र १ थान प्रोजेक्टर प्राप्त भएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आइसिटी ल्याव कार्यक्रमको नगरपालिकासंग सम्झौता गरी कार्य प्रकृया अगाढी बढेको छ।  खानेपानिको समस्या थियो प्रदेश सरकारको सहयोगमा खानेपानि फिल्टर जडान भएको छ। यसै बर्षवाट केही विषय समेत अंग्रेजी माध्यमवाट पढाई सुरु गरेकाले आगामी वर्ष देखि अझ थप विद्यार्थीहरु भर्ना हुनेमा हामी विश्वस्त छौ। सूचना प्रविधिलाई हामीले भरपुर प्रयोग गर्ने प्रयास गरेका छौ, अहिले हामी संग जम्मा ४ थान कम्युटर, १ थान स्मार्ट बोर्ड,२ थान प्रोजेक्टर छन। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत ल्या बनेपछि यसलाई हामी पुर्ण रुपमा प्रयोग गर्नेछौ। यस  विद्यालय वरीपरी कुनै अन्य विद्यालय समेत नभएको र हामीलाई विस्वास गरी अहिले विद्यार्थी संख्या बढेको  छ आगामी वर्ष पक्कै पनि यो संख्या बढ्नेमा हामी ढुक्क छौ।

अन्तन्तै कमजोरी विद्यार्थीहरुलाई हामीले आलो पालो प्रणालिमा थप अतिरिक्त कक्षा समेत व्यवस्था गरेका छौ। अहिले १२ जना विद्यार्थी अतिरिक्त कक्षा समेत लिईरहेका छन। यस विद्यालयमा पढ्ने विद्यार्थी प्राय गरिव, किसान तथा मजदुरी गर्ने परिवारकै रहेका छन । कतिपय विद्यार्थीहरुले त कपि पेन्सिल समेत किन्न नसक्ने छन त्यस्ता विद्यार्थीको लागि हामी विद्यालयलेनै कपी, पेन्सिल उपलब्ध गराउदै आएको प्रधानाध्यापक कार्कीले बताए।

कनकाई नगरपालिका शिक्षा शाखा अधिकृत श्री हरिप्रसाद मिश्र भन्नुहुन्छ, “गत वर्ष भन्दा केही थप सुधार भएको छ। समग्र शिक्षक कर्मचारी, व्यवस्थापन समिति र समाजले तत्परता देखाएमा विद्यालयको सुधार हुन सक्छ। हामीले नगरपालिकाको स्रोत तथा कार्यक्रम बमोजिम सक्दो सहयोग गरेका छौ पक्कै पनि आगामी वर्षमा अझ राम्रो हुदै जानेछ।”

https://sajhanewss.com/wp-content/uploads/2023/05/khem-sir.mp4

सम्वन्धित

अन्य समाचार