राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्सले) मलेसियाबाट भैरहवा उडानका लागि प्रवर्द्धनात्मक भाडा घटाएकाे छ । निगमले मलेसिया–भैरहवा उडानका लागि ११ हजार चार सय ६१ रुपैयाँ भाडादर कायम गरेकाे छ । यसअघि निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ ताेकेकाे थियाे ।यस्तै निगमले मलेसिया–भैरहवा–काठमाण्डौ उडानकाे प्रवर्द्धनात्मक भाडादर पनि घटाएकाे छ । यसअघि निगमले यस उडानकाे भाडादर १४ हजार सात सय २० रुपैयाँ कायम गरेकाेमा घटाएर १२ हजार तीन सय ४६ रुपैयाँ कायम गरेकाे छ ।निगमले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दैछ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको छ ।