Wednesday, February 5, 2025

सकियो फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन

Share

दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन सकिएको छ। 

निर्देशक खनालले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै फिल्मको छायांकन सकिएको जानकारी दिएका हुन्। उनका अनुसार २ महिनामा फिल्मको छायांकन सकिएको हो। 

टुकी आर्टस् ब्यानरमा निर्माण भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन्। फिल्मको निर्माता पनि खगेन्द्र स्वयम् हुन्।

कृष्ण थापाले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गर्नेछन्। यो फिल्म आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुनेछ। 

२०७३ सालमा रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’ को स्पिन-अफको शीर्ष भूमिकामा विपिन कार्की छन्। ‘पशुपति प्रसाद’ मा उनले भष्मे डनकै भूमिका निर्वाह गरेका थिए। 

फिल्ममा ७ वर्षभित्र भष्मे डनको जीवनमा आएका उतारचढावलाई फिल्ममा देखाइने छ।

सम्वन्धित

अन्य समाचार