Thursday, February 6, 2025
Home Blog Page 9

रवि लामिछानेलाई रुपन्देही पुर्‍याएर बयान लिन शुरू

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले रुपन्देही पुर्‍याएको छ । आज बिहान पोखराबाट हवाईजहाजमार्फत प्रहरीले लामिछानेलाई भैरहवा हुँदै बुटवल पुर्‍याएको हो ।

सहकारी ठगी, सङ्गठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गर्न लामिछानेलाई भैरहवा ल्याइएको रुपन्देही प्रहरीले जनाएको छ । लामिछानेलाई भैरहवा पुर्‍याउँदा विमानस्थलबाहिर ठूलो सङ्ख्यामा समर्थक र सहकारी पीडित जम्मा भएका थिए । सम्भावित झडप रोक्न ठूलो सङ्ख्यामै प्रहरी परिचालन भएका छन् ।

लामिछाने सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा छन् । उनलाई रुपन्देहीको सुप्रिम सहकारीको रकम पनि अपचलन गरेको आरोप लागेको छ ।रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले सकेसम्म आजै लामिछानेको बयान सक्ने तयारी रहेको र बढीमा तीन दिनमात्र रुपन्देहीमा राख्ने योजना रहेको बताउनुभएको छ । अहिले सरकारी वकिलको कार्यालयमा बयान चलिरहेको छ ।

आज हरिबोधिनी एकादशी मनाइँदै

आज हरिबोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ ।आज कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइन्छ ।

हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भन्ने गरिएको शास्त्रीय मान्यता छहरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । सबै नारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । मेला लाग्ने ठाउँका विभिन्न पालिकाहरुले आज सार्वजनिक बिदासमेत दिएका छन् । आज हरिबोधिनी एकादशी लसीको विशेष पूजा गरि मनाइँदै

सुनको मूल्य प्रतितोला १ हजारले घट्यो

सुनको मूल्य आज तोलाको १ हजारले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला पाँच सय रूपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक हजारले घटेको हो।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।

देउसी भैलोको हिसाब सार्वजनिक ।


चन्द्र बस्नेत
कनकाई,२५ कार्तिक २०८१


नेपालीहरुको दोश्रो ठुलो पर्व शुभ दिपावलीको अवसरमा खेलिएको देउसी भैलोको हिसाब सार्वजनिक गरिएको छ।झापाको कनकाई नगरपालिका–१ र ७ मा रहेको कनकाई विहानी क्लब , बिहानी महिला समूह , शिद्वेश्वर शिव पान्चायन मन्दिर व्यवस्थापन समिति , शिद्वेश्वर कृतन मंडली समुहको संयुक्त आयोजनामा खेलिएको देउसी भैलोको हिसाब आईतबार आज क्लबको सभाहलमा सार्वजनिक गर्नुका साथै पुरस्कार वितरण समेत गरिएको छ।


क्लब , मन्दिर , कृतन मन्ड्ली संचालन गर्ने उद्येश्यका लागि खेलिएको देउसी भैलोमा ८१ हजार १६ रुपैयाँ सङ्कलन भएको क्लबका सदस्य तथा देउसी भैलो कार्यक्रम २०८१ का संयोजक टोपलाला भुजेलले जानकारी दिनुभयो । चार दिन साझ २ घन्टाको अवधिमा सो रकम सङ्कलन भएको संयोजक भुजेलले जानकारी दिनुभयो । यसमा नगद संङ्कलन यति भएपनी अझै धान चामल पनि उठेको र यो बिक्री भएर आउने पैसा अझै बढ्ने संयोजक भुजेलले जानकारी दिनुभयो ।
सार्वजनिक कार्यक्रममा देउसी भैलो कार्यक्रममा १३ हजार १ सय ५० रुपैयाँ खर्छ भएको शिद्वेश्वर कृतन मंडली समुहकी अध्यक्ष कृष्णमाया ढकालले जानकारी दिनुभयो ।जसमा देउसी भैलो कार्यक्रममा नृत्य प्रस्तुत गर्ने ९ जनालाई १ हजारका दरले ९ हजार त्यस्तै नृत्य प्रस्तुत गर्ने ३ जना साना नानीहरूलाई २ सयका दरले ६ सय रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कार उपलब्ध गराएको बिहानी महिला समुहकी अध्यक्ष मन्जु भुजेल ( ईन्दिरा )ले जानकारी दिनुभयो ।


एक हजार पुरस्कार प्राप्त गर्ने नृत्य कलाकारहरूमा युनिशा बस्नेत , आकृति कोईराला ,प्रिया लिम्बू, निलिशा बस्नेत , सृष्टि खड्का , स्नेहा बस्नेत, एलिशा बस्नेत , एलिशा थापा र मेरिस्का अधिकारी रहेको जनाएको छ।
त्यस्तै अन्य साना नृत्य प्रस्तुत गर्ने नानीहरूमा प्रमदा बारकोटी , बेबिशा बस्नेत र शिजु आचार्यलाई २ सयका दरले पुरस्कार उपलब्ध गराएको संयोजक भुजेलले बताउनुभयो । त्यस्तै अन्य खर्चमा सवारी भाडा बापत ३ हजार र खाजा खर्च ६ सय ५० रुपैयाँँ गरि कुल १३ हजार २ सय ५० रुपैयाँ बाकी ६७ हजार ७ सय ६६ रुपैयाँ संयोजक भुजेलले कनकाई बिहानी क्लबका अध्यक्ष लोकनाथ उप्रेती लाई हस्तान्तरण गर्नुभएको थियोे ।


देउसी भैली कार्यक्रममा गायन तर्फ कृतन मंडली अध्यक्ष कृष्णमाया ढकाल , लक्मीप्रसाद ढकाल , प्रीज्मा त्रिखत्री , चन्द्रकला ढकाल , अर्जुन पौडेल प्राविधिक उज्ज्वल पौडेल लगायतको खुलेर प्रसंशा भएको थियोे ।

हिसाब सार्वजनिक कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष मनोज बस्नेत ,शिद्वेश्वर शिव पान्चायन मन्दिरका अध्यक्ष बालकृष्ण सिटौला , सल्लाहकार समिति संयोजक अनिरुद्र ओली , सल्लाहकार सदस्य होमबहादुर बस्नेत , पन्डित बलाराम पौडेल , क्लबका सम्पूर्ण पदाधिकारी , मन्दिर व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारी ,कृतन मंडलीका सम्पूर्ण पदाधिकारी , क्लबका उपाध्यक्ष रमेशकुमार बारकोटी , मन्दिर व्यवस्थापन समितिका सचीव चुडामणिा ढकाल, सल्लाहकार गोकुल भुजेल ,डम्बरबहादुर भुजेल , जानुका सिटौला कृतन मंडली सचीव सुरेखा कार्की , दुर्गा तिम्सिना , कमला कार्की क्लबका सदस्य गिता कार्की ( बस्नेत ) दिपक कोईराला , मुना खवास, टेकेन्द्र माझी डिल्लु भुजेल लगायतको उपस्थितमा हिसाब सार्वजनिक गरिएको हो।


कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष मनोज बस्नेतले क्लब स्थापना देखी साथ सहयोग सल्लाह दिने सम्पुर्णमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै साथ सहयोग पाउनेमा ढुक्क रहेको बताउनुभएको थियोे ।

कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष मनोज बस्नेत ,शिद्वेश्वर शिव पान्चायन मन्दिरका अध्यक्ष बालकृष्ण सिटौला , सल्लाहकार समिति संयोजक अनिरुद्र ओली , सल्लाहकार सदस्य होमबहादुर बस्नेत , पन्डित बलाराम पौडेल , उपाध्यक्ष रमेशकुमार बारकोटी , मन्दिर व्यवस्थापन समितिका सचीव चुडामणिा ढकाल, सल्लाहकार गोकुल भुजेल ,डम्बरबहादुर भुजेल लगायतले देउसी भैलो कार्यक्रम तयारी बिना छोटो समयमा उपस्थित सहभागीताले उत्साह जगाएको र सोचेभन्दा कार्यक्रम सफल भएको भन्दै खुशी प्रकट गरेका थिए ।कार्यक्रमको संचालन क्लबका सचिव निर्मला बस्नेत गर्नुभएको थियोे ।क्लबले विभिन्न दाताबाट प्राप्त जग्गामा मन्दिर तथा सामुदायिक भवन निर्माण गरिसकेको छ।आगामी दिनमा समेत दाता परिवारको ईच्छा र आवश्यकता अनुसार अगाडी बड्ने क्लवका अध्यक्ष उप्रेतीले प्रतिवद्वता जनाउनुभयो।

खोल्सीको सुन’ उपनामले चिनिने नगदेबाली (अलैंची)को भाउ प्रतिमन लाख रुपैयाँ नजिक ।

निसान निरौला
कनकाई,कार्तिक २४


‘खोल्सीको सुन’ उपनामले चिनिने नगदेबाली अलैंचीको भाउ प्रतिमन लाख रुपैयाँ नजिक पुगेको छ ।

विक्री गर्ने मुख्य सिजनमै राम्रो भाउ आएपछि इलाम, पाँचथर, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाका किसान उत्साही देखिएका छन् ।

अहिले इलामका बजारमा अलैंचीको भाउ प्रतिमन (४० किलो) ९२ हजारदेखि ९८ हजार रुपैयाँसम्म छ । इलाम उद्योग वाणिज्य संघ अध्यक्षसमेत रहेका बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले पुच्छर काटेको ठूलो दानालाई गुणस्तरीय मान्ने गरिएको बताउनुभयो । ‘अचेल अलैंचीको गुणस्तर हेरेर मूल्य दिन थालिएको छ,’, ‘राम्रो अलैंचीको राम्रो भाउ छ ।’ पौडेलको भनाइ रहेकोे थियोे ।

उहाँले २०७९ सालमा प्रतिमन ३२ हजार रुपैयाँमा कारोबार भएको अलैंचीको अहिले भाउ ०८० सालमा ६० हजार थियो । ‘हुन त १० वर्षअघि नै अलैंचीको मूल्य प्रतिमन लाख रुपैयाँ नाघेकामा केही वर्ष निकै घटेको थियो,’ उनले भने, ‘अहिले फेरि भाउ आएपछि किसान उत्साही छन् ।’ अलैंची व्यवसायी संघसमेतमा आबद्ध व्यापारी पौडेलले अलैंची खेतीको क्षेत्र बढेको तर उत्पादकत्व घटेपनि किसानले पाउने मूल्य राम्रो रहेको जनाउनुभयो ।

अहिले अलैंची निकासी गर्न पनि कुनै समस्या नभएको उहाँको भनाइ छ । ‘अहिले भारत र तेस्रो मुुलुकसम्म यहाँको अलैंची गइरहेको छ,’ उनले भने, ‘विगतमा देखिनेगरेका अनेक झन्झट पनि अहिले चाहिँ छैनन् ।’

बिब्ल्याँटे बजार जिल्लाको अलैंची व्यापार हुने मुख्य बजार हो । मंगलबारे, फिक्कल, मानेभञ्ज्याङलगायत बजारबाट पनि अलैंची निकासी हुन्छ । इलाममा मात्रै बर्सेनि तीन अर्बभन्दा बढीको अलैंची कारोबार हुने व्यापारीको अनुमान छ । तर, यकिन तथ्यांक भेटिँदैन ।

दशकअघि फलको भाउ उच्च हुँदा किसानले अरू सबैजसो बाली मासेर अलैंची लगाएका थिए । पुरानो अलैंची मासिएपनि नयाँ जातका अलैंची लगाएर किसानले बारी ढकाए । तर, भाउ घट्यो भने अलैंचीसमेत मासिँदैगयो । तर, फेरि भाउ उच्च भएपछि किसान अलैंची खेतीमा जाँगर चलाउँदैछन् ।

माइमझुवाका किसान गिरिराज खनालले अहिले ४५ रोपनीमा अलैंची खेती गर्दै आउनुभएको छ । उहाँले आफ्नो बगानमा गतवर्षभन्दा दोब्बर अलैंची अहिले फलेको बताउनुभयो । अलैंचीको भाउले आफूजस्ता युवालाई गाउँमै केही गर्न सकिन्छ भन्ने आशा जगाएको उहाँ बताउँनुहुन्छ। ‘अलैंचीको भाउ अहिले निकै राम्रो छ,’ उनले भने, ‘यस्तै भाउ कायम रह्यो भने धेरै युवाले गाउँघरै बसेर उद्यम गर्छन्, हामी उत्साही छौं ।’

करिब १० वर्ष वैदेशिक रोजगारीमा बसेर फर्केपछि २०७४ सालको स्थानीय तह निर्वाचनमा खनाल सन्दकपुर गाउँपालिका २ को वडाध्यक्षसमेत हुनुभएको थियोे । उहाँ केही साताअघिसम्म एक राजनीतिक दलको पालिका अध्यक्षसमेत हुनुभयो । तर, खेती–किसानीमा अरू युवालाई पनि प्रोत्साहन गर्न आफू लागिपरेको खनालको भनाइ छ।

‘अहिलेको अलैंची पहिलाको जस्तो एक चोटी रोपेपछि दशकौं आम्दानी दिइरहनेखालको छैन,’ उहाँका अनुसार ‘केही वर्षमा बोट परिवर्तन गर्दै नयाँ बिरुवा लगाइरहनुपर्छ ।’ खनालले अलैंची बिरुवा इलाममात्र नभई पूर्वीपहाडका विभिन्न जिल्लामा समेत विक्री गर्नुभएको छ। उहाँले अलैंची सुकाउने आधुनिक भट्टीसमेत सञ्चालन गर्नुभएको थियोे । नियमित रूपमा दुई जना र सिजनमा केही साता करिब पाँच सय जनालाई आफूले रोजगारीसमेत दिइरहेको खनालले सुनाउनुभयो।

एकपटक रोपेपछि दशकौंसम्म फलिरहने स्थानीय जातको अलैंचीले केही वर्षअघि देशकै अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको थियो । तर, रोग–कीरा संक्रमणले ९० प्रतिशतभन्दा बढी अलैंची सखाप भएपछि किसानको बगान करिब आधा दशक उजाड नै रहे । किसानले पुनः भारतबाट भित्रिएको नयाँ जातको अलैंची लगाएका छ्न।

जिल्लाको जिर्मले गाउँमा पहिलोटक रोपिएको नयाँ अलैंचीले इलाममात्र होइन, अन्य जिल्लासमेत पिट्यो । किसानले मकैबारी, तरकारीबारी सबै मासेर अलैंची लगाए । जिर्मलेमा यसको बिरुवा बढी पाइने भएकाले यसको नाम नै ‘जिर्मले’ राखियो । तर, जिर्मलेमा अलि बढी समय टिकिरहेको यही अलैंची अन्य स्थानमा चाहिँ भरपर्दाे हुन सकेको छैन ।

सुरुमा अलैंची फस्टाएपछि किसानले अलैंची सहकारी नै गठन गरेका थिए । सहकारी गठन गरेपछि उनीहरूले विभिन्न निकायबाट प्राविधिक सहयोगसमेत लिएका थिए । माइमझुवा गाउँमा २०६८ असोजमा नेपालमै पहिलोपटक अलैंची सहकारी गठन भएको थियो ।

सहकारीले किसानका लागि नयाँ जातका अलैंची बिरुवा वितरण पनि गर्‍यो । अलैंची खेतीको प्राविधिक पक्ष हेरिरहेको फिक्कलस्थित अलैंची विकास केन्द्रका अनुुसार हावापानी र उचाई नमिलेकाले नयाँ जातको अलैंची मासिएको जनाएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँ बराबरको अलैंची निकासी हुन्छ । चालु वर्ष २०८१/०८२ को पहिलो तीन महिनामा सात सय ८३.७५ मेट्रिक टन अलैंची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कमी हो । आव २०८०/०८१ यो अवधिमा एक हजार पाँच सय २५.९६ मेट्रिक टन अलैंची यहाँबाट निर्यात भएको भन्सारको तथ्यांक छ ।

अलैंची देशका ४२ जिल्लामा उत्पादन हुने गरेको छ । नेपाल सबैभन्दा बढी अलैंची उत्पादन गर्ने देश हो । कुल उत्पादनको ९४ प्रतिशत पूर्वीपहाडका सात जिल्ला (इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह्रथुम र भोजपुर)मा हुन्छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ले एकै दिन कमायो ३ करोड ८९ लाख

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली चलचित्रको इतिहासमा नयाँ रेकर्ड बनाएको छ । यो एकै दिनमा सबैभन्दा धरै कमाउने चलचित्र बनेको छ ।

शनिबार यो चलचित्रले तीन करोड ८९ लाख ग्रसकलेक्सन गरेको छ । शुक्रबार दुई करोड ९९ लाख ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको छ ।

एकै दिन यति धेरै ग्रसकलेक्सन गर्ने यो पहिलो चलचित्र बनेको छ । यसअघि एकैदिनमा धेरै कमाउने चलचित्र ‘कबड्डी–४’ थियो, जसले पहिलो दिनमा २ करोड ९० लाख ग्रस कमाएको थियो । यसपछि ‘भष्मे डन’ले पहिलो दिन दुई करोड २५ लाख कलेक्सन गरेको थियो ।

प्रदर्शन भएको १० दिनमा यो चलचित्रले १७ करोड ९८ लाख ग्रसकलेक्सन गरेको छ । लक्ष्मिपूजाका दिन रिलिज भएको यो चलचित्रले सर्वाधिक धेरै शो पाउने चलचित्रको पनि रेकर्ड बनाएको छ । एकै दिन यो चलचित्रले ९८ हलमा ४६५ भन्दा धेरै शो पाएको थियो ।

दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हरायो

दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ । गएराति भएको खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले भारतलाई तीन विकेटले हराएको हो ।

भारतले दिएको १ सय २५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ औँ ओभरमा ७ विकेट गुमाएर भेटायो । उसका ट्रिस्सन स्टब्सले सर्वाधिक ४७ रन बनाए ।

भारतका वरुण चक्रवर्तीले पाँच विकेट लिए । पहिले ब्याटिङ गरेको भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ३९ रन बनाएका थिए । दक्षिण अफ्रिकाका पाँच जना खेलाडीले एकरएक विकेट लिए ।

योसँगै चार खेलको शृङ्खला १–१ को बराबरीमा आएको छ ।

मानव तस्करीको आरोपमा कोशी प्रदेशका निवर्तमान मन्त्री अधिकारी पक्राउ

0

२५ कात्तिक । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभाका सांसद तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । अदालतबाट पक्राउको अनुमति पाएपछि अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई हवाइजहाजमा काठमाण्डौ पठाउने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

संगठित गिरोहमार्फत अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले ४८ घण्टासम्म विमानस्थलमै राखेर नेपाल फिर्ता पठाइदिएको थियो । मन्त्रालयको नक्कली परिचयपत्र लगायतका कागजातका आधारमा अधिकारीसहित अरू तीन जना पनि दलाललाई पैसा तिरेर जापान गरेकोमा फिर्ता भएका थिए ।

अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई समेत जानकारी नदिइ जापान पुगेका थिए । यो प्रकरणमा अरू तीन जना पनि पक्राउ परेका छन् । पक्राउ परेकाहरुले लाखौँ रकम बुझाएको बयान दिएका छन् । कोशी प्रदेश सरकारको तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका अधिकारीले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । तर अधिकारीमाथि छानविन नभएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।

आलोचनापछि हिजो शनिवार मात्रै पार्टीले अधिकारीलाई सदस्यबाट निलम्बन गरेको छ । नेकपा एमालेको कोशी प्रदेश कमिटिका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ती निकालेर अधिकारीमाथि लागेको आरोपको छानविन भएर टुङ्गो नलाग्दासम्म सङ्गठीत सदस्यबाट निलम्बन गरिएको उल्लेख गर्नुभएको छ ।  

महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १९४२ साल कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवम् समाज सुधारमा फाल्गुनन्दको महत्त्वपूर्ण योगदान रहेको छ ।

समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । जसमा छोरीको विवाह गर्दा पैसा लिन नहुने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवम् सांस्कृतिक पक्ष समेटिएका छन् ।

किराँती समुदायको बसोबास रहेको पूर्वी क्षेत्र ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतका जिल्लामा फाल्गुनन्द जयन्ती धुमधामका साथ मनाउने गरिन्छ । फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज यूएईसँग खेल्दै

१९ वर्ष मूनीको महिला आईसीसी टी–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)सँगै खेल्दै छ । आफ्नो तेस्रो खेलअन्तर्गत आज नेपालले यूएईसँग उसकै मैदानमा खेल्न लागेको हो । खेल बिहान सवा ११ बजे शुरु हुने छ ।

बुधवारदेखि शुरु भएको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले पराजित गर्‍यो ।

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्ष मूनीको विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।