Thursday, February 6, 2025
Home Blog Page 8

यू–१९ महिला टोलीलाई एनपीएलका ८ टोलीले संयुक्त रूपमा १० लाख दिने

विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीलाई नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका आठ फ्रेन्चाइज टोलीले संयुक्त रूपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् ।

युवा टोलीले ऐतिहासिक उपलब्धि हासिल गरेको र त्यसको सम्मानका लागि एनपीएलका आठ वटै फ्रेन्चाइज टोलीले संयुक्त रुपैयाँ १० लाख रुपैयाँ दिने घोषणा गरेको हो ।

‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१’ हुदैं

पर्यटनलाई चलचित्रसंग जोड्ने उदेश्यले कोशी प्रदेशकै ठुलो ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१’ हुने भएको छ ।

मंसिर १ गतेदेखि झापाको बिर्तामोडमा आयोजना हुन लागेको महोत्सवको मुख्य उदेश्य सांस्कृतिक विविधताको संरक्षण गर्नु रहेको नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङले बताउनु भयो ।उहाँले चलचित्र सम्बन्धि कार्यशाला गोष्ठिको सहजीकरण एभरेष्ट फिल्म एकाडेमीका प्रशिक्षक मिनश राउत तथा चलचित्र निर्देशक सुदर्शन थापाले गर्ने बताउनुभयो ।

कार्यशाला मसिंरको ३ गतेबाट ७ गते सम्म सञ्चालन हुनेछ ।तामाङ घेदुङ्ग बिर्तामोड नगर समिति तथा नेपाल चलचित्रकर्मी संघको संयुक्त आयोजनामा मंसीर १ देखि १५ गतेसम्म महोत्सव आयोजना हुने हिजो बिर्तामोडस्थित महोत्सव स्थलममा पत्रकार सम्मेलनेको आयोजना गरी जानकारी दिइएको थियो ।

महोत्सवमा चलचित्र प्रदर्शनी, चलचित्रकर्मीलाई सम्मान, चलचित्र र पर्यटन सम्बन्धी अन्तरक्रिया साथै बिभिन्न व्यवसायिक स्थलहरु रहने तामाङ घेदुङ्ग बिर्तामोड नगर समितिका अध्यक्ष बिजय तामाङले जानकारी दिनु भयो ।महोत्सवमा २२ वटा स्टल स्थानिय व्यवसायलाई प्रर्वद्वन गर्न राखिएको अध्यक्ष तामाङ बताउनु भयो ।

उहाँका अनुसार महोत्सवमा तामाङ समुदायको भेषभूषा, सांस्कृतिक तथा धर्म झल्किने सांस्कृतिक झाकीको साथ महोत्सवको उद्घाटन गरीने बताउनु भयो ।महोत्सवमा सात वटा नेपाली चलचित्रहरु मंसिर ३ गतेदेखि ९ गतेसम्म प्रदर्शनी गरिने नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेश अध्यक्ष केवल तामाङले बताउनु भयो ।

उहाँले वानरसेना, नालापानी, माङ्गेना, लीलामे माइला, बिहेपास, चारधाम र कृष्णलीला चलचित्र प्रदर्शनी गरिने जानकारी दिनु भयो ।भारतको सिक्किम राज्य र नेपालको कोशी प्रदेश विचको सांस्कृतिक एवं पर्यटन मैत्री सम्बन्ध स्थापित गराउन महोत्सव सफल हुने अध्यक्ष केवलको भनाइ छ ।

महोत्सवमा एक करोड ५० लाख वढीको कारोवार हुने र ५ लाख दर्शकहरुले अवलोन गर्ने आयोजकले अपेक्षा रहको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।महोत्सवमा अनुमानित ५५ लाख खर्च हुने बताइएको छ ।

महोत्सवमा ज्योती मगर, राजेशपायल राई, शान्तिश्री परिवार, तृषना गुरुङ, रचना रिमाल, समिक्षा अधिकारी, दुर्गेश थापा, एलिना चौहान, पूर्ण राईलगायतका कलाकारहरुले सांगितिक प्रस्तुती रहने घेदुङ्ग बिर्तामोड नगर समितिका सचिव गणेशबहादुर तामाङले बताउनु भयो ।महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने हुनु भएको छ ।पत्रकार सम्मेलनको सहजीकरण तामाङ घेदुङ्ग बिर्तामोड नगर समितिका सचिव गणेशबहादुर तामाङले गर्नुभएको थियो ।

आज सुन तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार हुँदै

लगातार आरोलो लागेको सुनको मूल्य आज झिनो अन्तरमा बढेको छ। हिजो दुई हजार भन्दाबढीले घटेको सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो।

छापावाल सुन आज तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज १ हजार ९ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

दार्चुलामा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गयो

दार्चुलामा जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार घटनास्थलमा छ र उपचारको क्रममा दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाएका आठै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेहरुमा शैल्यशिखर नगरपालिकाका दिलिप बिष्ट, मिना लेखक, विरेन्द्र रावल र शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का विरेन्द्र बोहरा, सुदिप बोहरा, भारतको उत्तर प्रदेश विजनौरका मोहमद सफीर र मोहमद बसिर रहेका छन् ।

घाइते पाँच जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा आज बिहान म १ ज ३३८ नम्बरको जीप दुर्घटना भएको हो । दार्चुला जीप दुर्घटना अपडेट स् ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो

भैरहवामा रास्वपा सभापति लामिछानको बयान आज पनि

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज तेस्रो दिन पनि बयान शुरू भएको छ ।

लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा हिजोदेखि लिखित बयान लिन शुरू भएको हो । हिजो १० घण्टा बयान लिइएको थियो । लामिछानेको बयान आज सकिने र सकिएपछि पोखरा पठाइने तयारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट

यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो । नेपालकी सना प्रवीनले ३५, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले १३, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् ।

यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो । यूएईकी समिरा धार्निधार्काले सबैभन्दा धेरै ३१ रन बनाइन् । नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा, कृष्मा गुरुङ र सिमाना केसीले दुई तथा रचना चौधरीले १ विकेट लिए । कृष्माले खेलको १८ औं ओभरमा ३ विकेट लिइन् ।

चार वटा देश सहभागी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहेर पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको हो । नेपालले ६ खेलमा १० अङ्क जोड्यो । यूएईको पनि ६ खेलमा १० अङ्क भए पनि नेट रन रेटका आधारमा दोस्रो भयो । यस्तै थाइल्यान्ड ६ खेलमा ४ अङ्कसहित तेस्रो र कुवेत ६ वटै खेल हारेर पुछारमा रह्यो ।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो । यस्तै नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रन र पाँचौं खेलमा कुवेतलाई १ सय ६५ रनले हराएको थियो ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

भारतका चर्चित क्रिकेट खेलाडी शिखर धवन कर्णाली याक्समा अनुबन्ध

भारतका चर्चित क्रिकेट खेलाडी शिखर धवन कर्णाली याक्समा अनुबन्ध भएका छन् । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले विश्व क्रिकेटकै चर्चित खेलाडी धवनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ ।

कर्णालीले भारतीय राष्ट्रिय टोलीबाट तीन वटै फर्म्याटको क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको हो । सम्झौतामा कर्णालीका मालिक झनकदत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने खुलाइएको छैन ।

३८ वर्षीय बायाँ हाते ओपनर धनवले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंंग्सबाट खेलेका छन् ।

लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडरमा अभिनेता राजेश हमाल

नेपाल प्रिमियर लिग (एनपीएल) को टोली लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी लुम्बिनीले अभिनेता हमाललाई ब्रान्ड एम्बेसडर नियुत्तः गरेको हो ।

ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि हमालले लुम्बिनी लायन्ससँगको यस सहकार्यले आफूलाई अत्यन्त खुशी र गर्व महसूस गराएको बताए । यस्तै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले चलचित्र जगतको ‘लायन’ लाई लुम्बिनी लायन्समा भित्र्याउन पाउँदा आफूहरू खुशी भएको प्रतिक्रिया दिए ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ वटा टोली सहभागी हुने एनपीएलको पहिलो संस्करण आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ ।

महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दै

आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।यूएईको सेभेन्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ । यूएईसँगको यसअघिको खेलमा नेपाल १३ रनले पराजित भएको थियो । हिजो भएको खेलमा नेपालले कुवेतलाई १ सय ६५ रनले हराएको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै चौथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो ।

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

कतार एअरवेजको भैरहवाबाट उडान शुरु

कतार एअरवेजले आजदेखि दोहाबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान शुरु गरेको छ । कतारले एअरवेजले दोहा–भैरहवा–काठमाण्डौ रुटमा उडान गर्ने गरी अनुमति लिएको छ । दोहाबाट आएको जहाज आज दिउँसो भैरहवामा अवतरण गरेको छ । ३२ जना यात्रु लिएर आएको जहाजले भैरहवामा एक जना यात्रु झारेर बाँकी यात्रुलाई काठमाण्डौ ल्याएको छ । काठमाण्डौबाट यो जहाज फेरि दोहा जाँदैछ ।

भैरहवामा उडान गर्ने कतार एअरवेज पाँचौं कम्पनी हो । यसअघि नेपाल एअरलाइन्स, फ्लाई दुबई, जजिरा र थाई एअर एशियाले भैरहवाबाट उडान थालिसकेका छन् । अब भैरहवामा पाँच वटा वायु सेवाले हप्तामा २४ वटा उडान गर्नेछन् ।