Wednesday, February 5, 2025
Home Blog Page 6

सुनको भाउ दुई दिनमा १८ हजार पाँच सय रुपैयाँले घट्यो

सुनको भाउ हिजो र आज दुई दिनमा तोलामा १८ हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ आज पनि एकैदिन तोलामा दुई हजार ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ४८ हजार सात सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेर तोलाको एक लाख ५१ हजार तीन सय रुपैयाँमा झरेको थियो । केही दिनअघि निरन्तर बढे्को सुनको भाउ हिजो भन्सार महसूल घटेसँगै घट्न थालेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि २५ रुपैयाँले घटेको छ । चाँदीको भाउ २५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सरकारले भारतमा सुनको भन्सार महसूल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसूल घटाइएको छ । सरकारले सुनमा भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीमा १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।

चितवनको बीपी कोइराला क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचार निःशुल्क शुरु

चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बाल क्यान्सरको निःशुल्क उपचार शुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकोमा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट केमोसहितका ३५ प्रकारका बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले औषधिसहित सम्पूर्ण उपचार निःशुल्क शुरू गरेको उहाँले बताउनुभयो ।

अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गरेको छ । पछि सोधभर्ना हुने गरी अहिले अस्पतालले नै केमोलगायत औषधिको व्यवस्थापन गरेको उपनिर्देशक डा.नेपालको भनाइ छ । अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर शर्माले शुरूकै अवस्थामा बाल क्यान्सर पत्ता लाग्यो भने निको बनाउन सकिने बताउनुहुन्छ ।

नेपालमा वर्षेनि एक हजार पाँच सय हाराहारी नयाँ बाल क्यान्सरका बिरामी हुन्छन् भन्ने अनुमान रहेको उहाँको भनाइ छ । तीमध्ये आधामात्र उपचारको पहुँचमा आउने गरेको उहाँले जानकारी दिनुभयो ।

भन्सार महसुल घटेसँगै सुनको भाउ एकैदिन तोलामा १५ हजार नौ सय रुपैयाँले घट्यो

सरकारले सुनचाँदीमा लाग्ने भन्सार महसुल घटाएसँगै सुनको भाउ आज एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेको छ । हिजो एक लाख ६७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेर एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचााँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँ सम्म पुगेको सुनको भाउ कात्तिक अन्तिममा लगातर घटेर एक लाख ६० हजार रुपैयाँसम्म झरेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा एक सय १५ रुपैयाँले घटेर एक हजार आठ सय ४५ रुपैयाँमा पुगेको छ ।सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको छ भने चाँदीको पनि भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।

कनकाई नगर प्यासनको छैटौं साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न ।।अध्यक्षमा बिनोद उप्रेती सर्वसम्मत चयन ।।


कनकाई,
९ मंसिर २०८१
झापाको कनकाई नगरपालिकामा रहेकोे निजि तथा आवाशीय विद्यालयको प्याब्सनको छैटौं साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ। आज झापाको सुरुङ्गा स्थित हरिकुल नमुना माविको सभा हलमा भएको साधारणसभा तथा तेस्रो अधिबेशन बाट नयाँ नेतृत्व चयन भएको छ।


जसमा अध्यक्षमा बिनोद उप्रेती सर्वसम्मत चयन हुनुभएको छ। उप्रेती यसअघि कनकाई नगर प्याब्सन नगर कोषाध्यक्षका रुपमा रहनुभएको थियोे । कनकाई नगरपालिकाका निजि तथा आवाशीय विद्यालयको आज सम्पन्न तेस्रो नगर अधिवेशनबाट उप्रेतीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । उहाँ विद्योदय अंग्रेजी विद्यालयका पिन्सिपल समेत रहनु भएको छ । अध्यक्ष उप्रेती यसअघि सुरुङ्गा जेसिजका कार्यकारी उपाध्यक्ष तथा कनकाई खेलकुद प्रतिष्ठानका उपाध्यक्ष भईसक्नुभएको थियोे । तर ती दुबै संस्थामा उनलाई अध्यक्ष बन्न पाउनुभएको थिएन ।
यसपटक भने उनी आफुले काम गर्दै आईरहेको निजि विद्यालयहरुको संस्था प्यासनको नगर अधिवेशनबाट अध्यक्षमा बिना निर्वाचन सर्वसम्मत चयन हुनुभएको हो।


नव गठित संगठनको सचिवमा झापा मेरिगोल्ड अङ्ग्रेजी माविका पिन्सिपल गोकुल उप्रेती , कोषाध्यक्षमा ग्लोबल एडुकेयर एकेडेमीका पिन्सिपल विमान लामा तामाङ र सदस्यहरुमा ज्ञानमाला एकेडेमीका पिन्सिपल गोपाल संग्रौला र हरिकुल नमुना माविका पिन्सिपल रोशन के सि (खत्री) सर्वसम्मत चयन हुनु भएको छ ।
यस निर्वाचनका लागि प्याब्सनका केन्द्रिय सदस्य एलपी उप्रेतीको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरिएको थियो ।

प्याब्सनका केन्द्रिय उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न नगर अधिवेशन प्याब्सन नगर अध्यक्ष विनोद सुब्बाको सभापतित्वमा सम्पन्न भएको थियो । भने कोषाध्यक्ष विनोद उप्रेतीको आर्थिक र सचिव मोहन थापाको सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ब्यासनका केन्द्रिय उपाध्यक्ष नारायण घिमिरेलले कनकाई नगरमा निजि विद्यालय र प्याब्सनको गतिविधिलाई अगाडि बढाउनका लागि स्वर्गिय गंगाप्रसाद उप्रेती, लक्ष्मण सुवेदी, डिआर सुवेदी यसैगरि हरिकुलका संस्थापक चन्द्रप्रसाद मैनालीहरुको योगदानको स्मरण गर्दै कनकाई नगर प्याब्सनका गतिविधि र सक्रियता प्याब्सन केन्द्रिय समितिले सिक्नुपर्ने र अनुशरण गर्नुपर्ने बताउँनुभयो । कनकाई नगर क्षेत्रका प्यासनमा आवद्ध विद्यालयहरु शिक्षा क्षेत्रमा मात्रै नभएर अतिरिक्त क्रियाकलाप र खेलकुद विधामा समेत अब्बल रहेको बताउँनुभयो ।

कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य एलपी उप्रेती, प्यासन कोशी प्रदेशका सचिव कोषराज प्याकुरेल, जिल्ला अध्यक्ष गौरीमान फागो, प्रदेश सदस्य भानु राजवंशी, जिल्लाका बरिष्ठ उपाध्यक्ष छत्र कार्की, जिल्ला उपाध्यक्ष टिआर गौतम, जिल्ला सचिव एचके पाठक, सहसचिव लक्ष्मी उप्रेती, भवानी पाठक, जिल्ला सदस्य केशव बेडारी, सागर ढुङ्गाना, कनकाई नगर सल्लाहकार अखिल कुमार कोइराला, प्याब्सन दमक नगर निवर्तमान अध्यक्ष जर्नादन मैनाली, झापा गाउँपालिका प्याब्सन अध्यक्ष नारायण सुवेदी लगायातको आतिथ्यता रहेको थियो ।

प्याब्सनको नयाँ बिधान कार्यान्वयनमा आएसगै क्षेत्रिय समिति खारेजी भई विं. २०७५ सालदेखि निजि विद्यालयहको संस्था कनकाई नगर प्याब्सन स्थापना भई सञ्चालनमा रहेको जनाएको छ ।

उपचुनावका लागि सम्बन्धित पालिकाहरुमा सार्वजनिक बिदा दिन आयोगको आग्रह

0

निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि सम्बन्धित पालिकाहरुमा सार्वजनिक बिदा दिन आग्रह गरेको छ । आयोगले मतदान स्थलको रूपमा कायम भएका ठाउँ उपलब्ध गराइदिन पनि आग्रह गरेको छ ।

आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थललाई चुनावी प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उपचुनाव हुने सबै पालिकाहरुसँग आग्रह गरेको हो । आयोगको हिजो बसेको बैठकले पालिका उपचुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा पालिकामा मतदानस्थल उपयोग गर्न र सार्वजनिक बिदा दिनसमेत भनेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गयो

नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ गुडिरहेको बाग्मती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक हिजो बेलुका इच्छाकामना गाउँपालिका–६ नौकिलोमा सडक किनारमा पल्टिएको हो ।

चामल बोकेको ट्रक पल्टिँदा च्यापिएर दुई जनाको ज्यान गएको र तीन जनाको उद्धार गरेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ज्यान गुमाउनेहरुको पहिचान खुलेको छैन ।

आज सुनको भाउ एक हजार सात सय रुपैयाँले बढ्यो

सुन आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँ बढेको छ । भाउ बढेर सुन आज तोलाको एक लाख ६७ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि शुक्रवार सुनको भाउ तोलाको एक लाख ६५ हजार पाँच सय रुपैयाँ रहेको थियो । शुक्रवार पनि सुनको भाउ तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको थियो । अघिल्लो महिना अन्तिम हप्ता लगातार घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा झरेको सुन मंसिर लागेसँगै फेरी निरन्तर बढेको हो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

पालिका उपचुनावको लागि मतपत्रको नमुना सार्वजनिक

निर्वाचन आयोगले यहि मंसिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि आवश्यक पर्ने मतपत्रको नमुना ढाँचा तयार गरी सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न समावेश गरी मतपत्र तयार गरिएको आयोगले जनाएको छ । हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगले जनाएको छ ।

सार्वजनिक नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । यसैबीच आयोगले गएको मंसिर २ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नसमेत आग्रह गरेको छ । मंसिर १६ गते आइतवार ३२ जिल्लाका ४१ पालिकामा रिक्त पदका लागि मतदान हुँदैछ ।

इन्डियन प्रिमियर लिग( आईपीएल) १४ देखि शुरू हुने

इन्डियन प्रिमियर लिग(आईपीएल )संस्करण अर्को वर्षको मार्च १४ देखि शुरू हुने भएको छ । आईपीएलले आज तीन सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को आईपीएलले मार्च १४ देखि शुरू हुने बताएको हो ।

आईपीएल २०२५ को फाइनल मे २५ मा हुनेछ । यस्तै सन् २०२६ को सिजन मार्च १५ देखि मे ३१ सम्म र सन् २०२७ को सिजन मार्च १४ देखि मे ३० सम्म हुनेछ । आईपीएल २०२५ का लागि पर्सि आइतवार र सोमवार साउदी अरेबियामा मेगा अक्सन हुँदैछ ।

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले भेटवार्ता गर्दैहुनुहुन्छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विवेदीले बेलुका साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसअघि उहाँले रक्षामन्त्री मानवीर राईसँग भेट गर्नुहुनेछ । पाँचदिने भ्रमणका लागि अस्ति बुधवार नेपाल आउनुभएका द्विवेदीलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गर्नुभएको थियो ।