Wednesday, February 5, 2025
Home Blog Page 5

उपनिर्वाचनका लागि कनकाई नगरपालिकामा आईतबार स्थानीय बिदा ।

सुरुङ्गा, २०८१/०८/१४ गते,

झापाको कनकाई नगरपालिकामा वडा नम्बर ६ मा हुने उप–निर्वाचनका दिन कनकाई नगरपालिकाले स्थानीय बिदा दिएको छ । कनकाई नगरपालिका वडा नं ६ मा वडाध्यक्ष पदको लागि उप–निर्वाचन हुने भएकाले मंसिर १६ गते नगरपालिकाले बिदा दिएको हो ।

उप–निर्वाचन कार्यालयबाट कर्मचारी निर्वाचन व्यवस्थापन तथा अन्य कार्यमा खटिने भएकाले मंसिर १६ गते आइतबार कनकाई नगरपालिकाको कार्यालय मातहतका कार्यालयहरु बन्द रहने सूचना जारी गर्दै जानकारी गराइएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज आचार्यद्धारा जारी सार्वजनिक सूचनामा भनिएको छ अत्यावश्यक सेवा बाहेकका कार्यालयहरुमा आईतवारका दिन स्थानीय विदा हुने भएकाले उक्त विदाबाट सेवाग्राहीमा पर्ने जाने असुविधा प्रति क्षमाप्रार्थी छौं ।

सताक्षीधाममा गोरक्षा महोत्सव आयोजना हुँदै ।। ५१ फिटको रुद्राक्षको पार्थिव शिवलिङ्गमा पुजा अर्चना पनि हुने ।।

कनकाई
१३ मंसिर २०८१

झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आगामी मंसिर १४ गतेदेखि २४ गतेसम्म गोरक्षा महोत्सव तथा महायज्ञ – २०८१ हुने भएको छ ।लामो समयदेखि गौ संरक्षणका लागि काम गर्दै आएको श्री शताक्षी गोवद्र्धन गौशाला र सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको संयुक्त आयोजनामा महोत्सवको आयोजना गरिएको आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
महोत्सवमा सोही महायज्ञ अन्तरगत पञ्चकुण्डिय श्रीरुद्र महायज्ञ, श्रीतुलसी शालिग्राम, श्री सीताराम विवाह तथा लिंग महापुराण कथा प्रवचन, ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा विशेष अर्चना गरिने आयोजक संस्थाले जनाएको छ ।


सवा करोड रुद्धाक्षको माला निर्माण गरी रुद्राक्षको शिवलिङ्ग निर्माण गरिदैछ । महोत्सवको लागि पूर्व पश्चिम लोकमार्गमा गेट निर्माणको काम भइसकेको श्री शताक्षी गोवद्र्धन गौशालाले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा अनुसार करिब ४०० का हाराहारीमा अन्तर्राष्ट्रिय विद्वान वर्ग सहभागी सहभागी हुनेछन् ।
गौशलाको बार्षिकोत्सवका अवसर पारेर १२ दिने महायज्ञसहित बिभिन्न कार्यक्रमको आयोजना गरिएको गौशलाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्धाजले जानकारी दिए । उनका अनुसार मंसीर १४ गते अखण्ड हरिनाम संकीर्तन प्रारम्भ, १५ गते बालचतुर्दशी उत्सव सतबिउ रोपण, १६ गते बिद्धत सम्मेलन तथा भण्डारा, १७ गते अनुष्ठान प्रारम्भ, पञ्चकुन्डिय श्री रुद्र महायज्ञ तथा ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा बिशेष अर्चना, रुद्री पाठ तथा श्रीलिंग महापुराण प्रारम्भ हुनेछन् ।


यसैगरी मंसीर १८ गतेदेखि नियमित पञ्चक्ण्डीय महायज्ञ तथा रुद्री पाठ एवं श्री लिंग महापुराण प्रवचन, २० गते झापाका सामुदायिक बिद्यालयका छात्रहरुबाट गोरक्षाको आवश्यकतामाथि प्रतिस्पर्धात्मक बिचार गोष्ठी, २१ गते विवाह पञ्चमी, श्री सिताराम, तुलसी शालिग्राम विवाह महोत्सव, २२ गते कनकाई मातामा दुग्धाभिषेक, २३ गते नेपाल प्रहरी तथा उत्कृष्ट गौसेवक सम्मान र २४ गते गोरक्षा महोत्सवसहित धार्मिक कार्यक्र सम्पन्न हुनेछ ।
लिंग महापराण कथा प्रवचक विद्धत्वरेण्य आचार्य पं. लक्ष्मीप्रसाद खतिवडा पाठपारायण आचार्य पं. मदनमोहन अधिकारी रहने बताइएको छ । हाल गौशालामा ६६२ वटा गाईबाछा छन् भने बाहिर २१ सय ६० वटा रहेका आचार्य प. भारद्धाजले बताउनुभयो।

गौशालाका लागि १५ जना कर्मचारी र गाईबाछाको आहाराका लागि मासिक ५ देखि ६ लाख खर्च हुने गरेको उहाँले बताउनुभयो।

आचार्य नन्दशिशोर भारद्वाजले गौशालाले पूर्वका गाईहरुलाई संरक्षण गरेको छ । उनले भने, हामी पश्चिम नेपालदेखिका गौमाताहरुलाई संरक्षण गछौं । गौ हत्या गर्नु महापाप हो, गौ भनेको देवी हुन् । उनलाई बेच्न, उनको हत्या गर्नू हुँदैन ।

गौशालाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक बेदप्रकाश अग्रवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव मदनमोहन अधिकारीले गर्नुभएको थियोे । कार्यक्रममा गौशाला प्रमुख घनश्याम खनाल शास्त्री, कार्यसमिति सदस्य कृष्ण खरेललगायतको उपस्थिति रहेको थियो । यसबीच, नेपालमा दैनिक ५ सय को हाराहारीमा गाईगोरु तस्करी भइरहेको शताक्षी गोवद्र्धन गौशालाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्धाजले बताउनुभयो उहाँले आज धाममा आयोजित पत्रकार सम्मेलनमा तस्करी नरोकिएको समेत ठोकुवा गर्नुभयो ।

प्रशासनको आडमा गाईगोरु तस्करी भइरहेको आचार्य नन्दकिशोर भारद्धाजको भनाई छ । उहाँले नेपाल प्रहरी पनि गाइगोरु तस्करीमा सामेल भएको दावी समेत गर्नुभयो । प्रहरी पनि दुधले धोइएको छैन, उहाँले भन्नुभयो – सयौं गाई पारी जाँदा नदेख्ने प्रहरीले दुस्मनलाई कसरी देख्लान् ? भन्दै प्रश्न समेत तेर्स्याउनुभयो।
सीमामा सुरक्षाको व्यवस्था हुँदाहुँदै पनि गाई पारी पुराइनु दुर्भाग्य भएको बताउँदै उहाँले राज्यका सबै निकायहरुको चरम लापबारही कै कारण तस्करी भइरहेको जनाउनुभयो । गाईगोरु भारत तस्करी भइरहेको पत्रकारहरुलाई जानकारी दिदैं उनले तस्करीसँग नभई गौरक्षकहरु राज्यसँग भिड्नुपरेको बताए ।तस्करी हुँदै गरेका गाईहरु खोसेर संरक्षण गरिरहेको उहाँको भनाई छ । ३१ सय ६० गाईगोरुमध्ये ८ सय खोसेर ल्याइएको जानकारी दिनुभयो । नेता, प्रशासन र प्रहरीहरु नै गाइगोरु तस्करीमा संलग्न भएको संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्धाजको भनाई छ ।

शताक्षी गोवद्र्धन गौशालाले मासिक ६ लाखसम्म खर्च गरेर गाईगोरुको संरक्षण गर्दै आएको जनाएको छ।

घरमा भाडामा बस्ने सवै डेरावासीको परिचय खुल्ने प्रमाण पेश वडाको आग्रह ।।

कनकाई ।
१३ मंसिर २०८१
झापाको कनकाकाई नगरपालिका वडा नम्बर ३ को वडा समितिले हालसालै घटेको घटना तथा जनगुनासोलाई ध्यान गर्दै दुई निर्णय गरी सार्वजनिक गरेको छ ।

सुरुङ्गास्थित वडा कार्यालयमा कार्यवहाक वडाध्यक्ष गोबिन्द सुवेदी, कर्यपालिका सदस्य कृष्णमाया भुजेल र वडा सदस्य सुश्मा परियारले पत्रकार सम्मेलन गरी आज (बिहीवार) निर्णय सार्वजनिक गरेका हुन् ।

केही दिन अघि सामाजिक तथा धार्मिक सद्भाव बिथोलिने गरी नेपालको संविधान २०७२ को मर्म भावना विपरित कनकाई–३ स्थित टप्पु चौकमा भएको गौहत्याले नगरवासीको मनमा आक्रोस र असुरक्षाको स्थिति उत्पन्न भएको जनाउँदै कनकाई–३ का सम्पूर्ण घर बहाल लगाउने घरबेटीहरुलाई आफ्नो घरमा भाडामा बस्ने सवै डेरावासीको परिचय खुल्ने प्रमाण पेश गर्नु पर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।

जसमा नेपालीका हकमा नागरिकता प्रमाण पत्र वा जन्मदर्ता प्रमाण पत्र र विदेशीको हकमा आधार कार्ड वा राहादानीको फोटोकपी राखेर ३५ दिन भित्र विवरण बुझाउन सुचित गर्ने निर्णय गरिएको कार्यवहाक अध्यक्ष सुवेदीले जानकारी दिनुभयो।

यसैगरी सुरुङ्गा बजार क्षेत्रमा जथाभावी रुपमा अव्यवस्थित तरिकाले केबल झुण्डिरहेको र दैनिक रुपमा केबल तारका कारण सवारी बस लरी तथा ट्रक अल्झिने र दुर्घटना हुने गरेको पटक–पटक जनगुनासो आउने गरेको वडा कार्यलयले जनाएको छ ।

सोही अवस्थालाई मध्येनजर गर्दै शहर बजारको सौन्र्दर्यता कायम राख्न र सम्भावित दुर्घटनाबाट बच्न सुरुङ्गा क्षेत्रमा केवल नेटवर्क कम्पनी सञ्चालन गर्ने व्यवसायीहरुलाई छलफलका लागि १५ दिन भित्रमा वडा कार्यालयमा बोलाउने निर्णय गरिएको वडाध्यक्ष सुवेदीले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ । पत्रकार सम्मेलनको सहजीकरण वडासचिव कमल भण्डारीले गर्नुभएको थियोे ।

झापाको सताक्षीधाममा रुद्राक्षको ५१ फिट अग्लो शिवलिङ्ग तयार ।। सवा करोड जडित सिवलिङ्ग नेपाल मै पहिलो भएको दावी ।।

कनकाई
१३ मंसिर २०८१

झापाको सताक्षीधाममा धार्मिक पर्यटक लोभ्याउन नेपालमै पहिलो पटक सवा करोड रुद्राक्ष दानाजडित ५१ फिट शिवलिङ्ग निर्माण भएको दावी गरिएको छ।

यो शिवलिङ्गलाई स्थानीय धार्मिक व्यक्तिले ऐतिहासिक शिवलिङ्ग मान्न पनि थालेका छन् । गोलोक गोवर्धन गौशालाले यो शिवलिङ्ग निर्माण गरेको हो। नेपालका ५१ वटा जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, गान्तोकलगायतका ठाउँबाट रुद्राक्ष सङ्कलन भएको गोवर्धन गौशालाले जनाएको छ। नेपाल सहित भारतकै मणिपुर र आसाम राज्यबाट पनि रुद्राक्ष सङ्कलन गरिएको जनाएको छ। गौशालाका अनुसार भुटान, बर्मालगायतका मुलुकबाट पनि रुद्राक्ष संकलन भएर आएको थियो ।

गएको असार ३ गते अर्थात् असारको निर्जला एकादशीका दिनदेखि निर्माण सुरु भएको यो शिवलिङ्ग १सय५१ दिनमै निर्माण गरिएको बताएको छ । गौशालाका अनुसार मङ्सिर १७ गते यो शिवलिङ्गको भव्य धार्मिक सभाका बीच उद्घाटन हुनेछ । उद्घाटनका लागि नेपाल भारतलगायत अन्य मुलुकका सयौँ धार्मिक व्यक्तित्वको सताक्षीधाम क्षेत्रमा आवागमन हुन थालेको छ।
गौशालाले दिएको जानकारी अनुसार सताक्षीधाम परिसरमा निर्माण भएको ऐतिहासिक शिवलिङ्गको चतरा धामका पिठाधिपति बालसन्त मोहनशरण देवाचार्यजी महाराजले अनावरण गर्ने कार्यक्रम तय गरिएको छ।

गौशालाले निर्माण गरेको यो शिवलिङ्गको करिब ९० प्रतिशत निर्माण भइसकेको गौ संरक्षण अभियानका अभियन्ता घनश्याम खनाल शास्त्रीले बताउनुभयो। उहाँका अनुसार यो शिवलिङ्गको विशेषता अनेकौँ रहेको बाताउनुभयो । यसको विविध पक्ष र ऐतिहासिक महत्त्व भएको उहाँले स्पष्ट पार्नुभयो।

गौशालाका अनुसार नेपालका जिल्लाबाट सङ्कलन गरिएका रुद्राक्ष खरिद गरिएका हुन् भने भारत लगायत अन्य मुलुकबाट आएका रुद्राक्ष गौशालाले सौजन्य प्राप्त गरेको हो। फलामको पातालाई बङ्ग्याएर ५१ फिट अल्गो फ्रेम बनाइएको छ। त्यो फ्रेमलाई रुद्राक्षको मालाले छोपिएको छ । हेर्दा निकै आकर्षक देखिन्छ । यो शिवलिङ्ग नेपालमै पहिलोपटक निर्माण भएको हो।

श्री गोलोके गोवर्धन गौशाला सताक्षीधाममा निर्माण भएको गोरक्षा महोत्सव २०८१ विशेष आकर्षण रुद्राक्ष नै रुद्राक्षको शिवलिङ्ग निर्माण गर्न सकेकोमा आफूलाई गर्व लागेको गौशालाका संरक्षकसमेत रहेका आचार्य नन्दकिशोर भारद्वाज महाराजले बताउनुभयो । ’शिवलिङ्ग निर्माणमा गौशालाको १७ लाख २० हजार १ सय ५ रुपैयाँ खर्च भएको छ ’ गौशालाका अध्यक्ष नन्दकिशोरजी महाराजले जानकारी दिनुभयो ।

यो शिवलिङ्ग सरकारको योजनामा रहेको पर्यटन वर्ष २०८२ का लागि पनि निकै आकर्षक मानिने बताइएको छ। सरकारको घुम्न योग्य धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम पर्छ वा पर्दैन तर गौशालाले निर्माण गरेको यो शिवलिङ्ग ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिने सताक्षीधाम मन्दिर तथा धार्मिक पर्यटकीय विकास संस्थाका उपाध्यक्ष उदय प्रकाश राईले बताउनुभयो।

खैरो हेरोइनसहित मेचीपुलबाट शिवसताक्षीका युवा पक्राउ

झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ ।

हिजो साँझ लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालतर्फ पैदल हिँड्दै आउँदै गरेका शिवसताक्षी नगरपालिका–८ का २१ वर्षीय संजय राईलाई शंका लागि चेकजाँच गर्दा खैरो हेरोइन प्लाष्टिकसहित ३ ग्राम ९१० मिलिग्राम, प्लाष्टिक बाहेक ३ ग्राम २८० मिलिग्राम फेला परेकोले उक्त लागुऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाको अर्जुनधारामा पनि गौहत्या ।। दुई जना पक्राउ।।

कनकाई, २०८१ मंसीर १३ गते, विहीबार

झापाको अर्जुनधारामा पनि गौहत्या, दुई जना पक्राउ
झापाको कनकाईमा गाई काटेर खाएको दुई दिनमै अर्जुनधारामा पनि गौहत्या भएको छ । अर्जुनधारा-५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गौहत्या गरिरहेको अवस्थामा गएराति ९.४५ बजे दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ५० वर्षीय राम तामाङ र सन्त तामाङ रहेका छन् ।

उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । यसअघि मङ्गलवार कनकाई ३ टप्पुमा लैनो गाई काटिएको थियो । त्यस घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

युरोपेली च्याम्पियन्स लिग फुटबलमा लिभरपुल विजयी

युरोपेली च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले रियल मड्रिडलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले रियल मड्रिडलाई २–० ले हराएको हो ।

गएराति भएका अरु खेलमा एस्टन भिला र युभेन्ट्सले गोलरहित बराबरी खेलेका छन् । यस्तै बेनिफिकाले मोनाकोलाई ३–२ ले हराउँदा साख्तर डोनेत्स्क पनि पीएसभीसँग ३–२ ले पराजित भएको छ ।

यसैगरी सेल्टिक र क्लब ब्रुग्गीले १–१ गोलको बराबरी खेलेका छन् भने लिले ओलम्पिकले बोलोग्नालाई २–१ ले हराएको छ । यसअघि हिजोको खेलमा भीएफबी स्टुटगाट क्रेभेना जेभेज्दासँग र स्पोर्टिङ क्लब आर्सनलसँग समान ५–१ गोलले पराजित भएका थिए ।

यस्तै एसके एटुर्म ग्राजले गिरोनालाई १–० गोलले हराएको थियो भने बोरुसिया डर्टमन्डले डिनामो जग्रेबलाई ३–० गोलले हराएको छ ।

उद्योगमा लाइन नकाट्न विद्युत् प्राधिकरणको निर्णय

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूमा बिजुलीको लाइन नकाट्ने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा आज बिहान बसेको सञ्चालक समितिको बैठकले वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तर तत्काल उद्योगमा बिजुली नकाट्ने निर्णय गरेको हो । हिजो विद्युत् नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि आज समितिको बैठक बसेको हो ।

यसअघि प्राधिकरणले ट्रङ्क तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटेकोमा सरकारको निर्देशनपछि जोडेको थियो । प्राधिकरणले बिजुली जोडेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेकोमा १५ दिन पुग्नु अघिल्लो दिन नियमन आयोगले हिजो लाइन नकाट्न निर्देशन दिएको हो ।

मेचीनगर-६ बाट ७ सय केजी लसुन बरामद

झापा प्रहरीले मेचीनगर-६ बाट ७ सय केजी लसुन बरामद गरेको छ । मचीनगरको बाँसझ्याङमा लुकाएको अवस्थामा लसुन बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले बेवारिसे अवस्थामा फेला पारेर लसुन नियन्त्रणमा लिएको हो ।

बरामद लसुनको मुल्य ३ लाख ५० हजार रहेको जनाइएको छ । बरामद लसुन मेची भन्सार कार्यालय काकरभिट्टा बुझाईएको बताइएको छ ।

गौहत्याका मुख्य आरोपी आलमसहित अन्य पक्राउ

झापाको कनकाई नगरपालिकामा भएको गौहत्यामा स‌ंलग्न भएको अभियोगमा ५ जना पक्राउ परेका छन् । प्रहरीले बाह्रदशी गाउपालिकाको चकचकी भन्ने स्थानबाट घटनामा संलग्नलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाह्रदशी(४ का बुदना आलम, उनकी पत्नी, सालो र अन्य केहिलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले अनुसंधानका क्रममा रहेको हुनाले अन्यको नाम खुलाएको छैन ।

आज बिहानको राती कनकाई नगरपालिका-३ का पूर्णप्रसाद फुँयालको गोठमा बाँधेको लीला प्रसाद सिलवालको पहिलो बेते गाई काटिएको थियो । बिहान दुहुन जाँदा गोठमा गाई नदेखेपछि चोरी भएको भन्दै सिलवालले इलाका प्रहरी कार्यालय सुरुङ्गामा खबर गरेका थिए । गाईको खोजी गर्दा सोही स्थानका लीला संग्रौलाको घरभित्र काटेर मारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैबीच सो घटनाको विरोधमा संग्रौलाको घर अगाडी गौं बंश संरक्षणका केन्द्रीय अध्यक्ष एवं गोलोक गोवर्धन गौशाला सताक्षीधामका संरक्षक नन्दकिशोर भारद्वाज महाराजको नेतृत्वमा अर्जुनधारा जलेश्वरधामबाट आएका ३०, ३५ जना धर्मगुरु, स्थानीय करिब २५० जनाको संख्यामा भेला जम्मा भई ‘गौं हत्या बन्द गर, हत्यारालाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर, नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए ।