Wednesday, February 5, 2025
Home Blog Page 4

एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

१९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान पौने ११ बजे शुरू हुने छ । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल आज खेल्न लागेको हो ।

यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल लगभग प्रतियोगिताबाट बाहिरी सकेको छ । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो ।

एनपीएलमा आज दुई वटा खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससँग खेल्दैछ ।

यस्तै दोस्रो खेलमा दिउँसो १ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दै छन् । यसअघि विराटनगर जनकपुर बोल्ट्ससँग हारेको थियो भने चितवनले काठमाण्डौ गुर्खाजलाई हराएको थियो ।

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ वटा फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स,कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज भेटवार्ता हुँदै

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ । त्यस्तै प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबीच भेटवार्ता भएपछि आज दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ चीन भ्रमणमा जानु भएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते पर्सि बिहिवार स्वदेश फर्कनेछ ।

हिंसा विरुद्वको आवाजमा मेचीमहाकाली बुहारीको संयुक्त आवाज

मेचीमहाकाली बुहारी संयुक्त आवाज कनकाई शाखाको आयोजनामा लैंगिक हिंसा विरुद्व १६ दिने अभियान अन्तर्गत मानव बेचविखन विरुद्व अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

आज झापा गाँउपालिका वडा नम्वर ७ मदरगाछ स्थित जनकल्याण माध्यमिक विद्यालयकोसभा हलमा आयोजित कार्यक्रममा स्थानिय महिला,बालकालिका,जनप्रतिनिधी, लगायत संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो । मेचीमहाकाली बुहारी संयुक्त आवाज कनकाई शाखाकी अध्यक्ष कल्पना भट्टराई उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रमलाई संस्थाकी कनकाई शाखा सदस्य विन्दा बाँस्कोटाले स्वागत गर्नु भएको थियो ।

उहाँले लैंगिक हिंसाको सुरुवात हाम्रो चिन्तनबाट शुरु हुने भएकोले आफ्नो बिचारमा परिर्वतन ल्याउनु पर्नेमा जोड दिनुभयो । झापा गाँउपालिका वडा नम्वर ७ का वडा सदस्य प्रेम गणेशको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको औचित्यमाथी प्रकाशपार्दै मेचीमहाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला अध्यक्ष गंगा भट्टराईले मेची महाकाली बुहारी संयुक्त आवाज शहर केन्द्रित गतिविधी भन्दा गाँउ र दुरदराजमा पिल्सिएका गरीव दिनदुःखीको आवाज बन्न चाहेको बताउनुभयो ।

उहाँले मेचीमहाकाली बुहारी संयुक्त आवाजलाई नेपाली महिलाको गर्भिलो संस्था बनाउन अहोरात्र लागी पर्नुभएको भन्दै संस्थापक अध्यक्ष यमुशर्मा पौडेललाई विशेष धन्यवाद दिनुभयो । अध्यक्ष भट्टराईले नारी मात्र नभएर कतिपय स्थानमा पुरुषपनी प्रताडित र पिडित भएको बताउदै लिङ्गको आधारमा विभेद कहिपनी हुनुनहुने बताउनु भयो ।

उहाँले १६ दिन मात्र हिंसाका कुरा गरेर सामाजमा परिर्वतन नआउने बताउनु भयो । सबैले आफैबाट थालनी गर्न सकेमात्रै सबै किसिमका हिंसालाई नियन्त्रण गर्न सकिने उहाँको भनाई छ । कार्यक्रमको पहिलो श्रङखलामा कालिदास फाउण्डेशनका प्रतिनिधीको तर्फबाट मानव बेचविखनको वर्तमान अवस्था र यसको न्युनीकरण विषयक अन्तरक्रियात्मक कार्यशाला प्रस्तुत गरिएको थियो ।

कार्यशालाको सहजीकरण कालिदास फाउण्डेशनका प्रतिनिधी विवेक शिवाकोटीले गर्नुभएको थियो । उहाँले नेपालमा दैनिक १ सय २० जना बालबालिका तथा महिलाको बेचविखन हुने गरेको बताउनु भयो । घरेलु कामदारको रुपमा दासत्व तथा यौन दासीको रुपमा शुरु भएको बेचविखनले मुलुकमा विकराल रुप लिदै गएको उहाँ बताउनु हुन्छ ।

जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम प्रसाद अधिकारीले यस्तो सुन्दर र जनचेतनात्मक कार्यक्रमका लागि जनकल्याण मा.विलाई छनोट गरेकोमा धन्यवाद दिनुभयो । प्रधानाध्यापक अधिकारीले चेतनाको कमी र शक्तिका कारण हिंसाका घटनाहरु घट्ने गरेको बताउनु भयो ।

विद्यालय ब्यवस्थापनका समितिका अध्यक्ष तेजबहादुर श्रेष्ठ, पुष्पाञ्जली महिला समूहका प्रतिनिधीहरु,कनकाई उपशाखाकी उपाध्यक्ष लिला देवि प्याकुरेल,सह सचिव पुजा भेट्वाल, झापा जिल्ला समितिकी उपाध्यक्ष रोशनी अधिकारी, कनकाई उपशाखाकी सदस्य धनमाया न्यौपाने, कोषाध्यक्ष सरिता नेपाल लगायत महिला, बालबालिका, शिक्षक शिक्षिका गरी १ सय २० जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रमको समापन गर्दै कनकाई उपशाखाकी अध्यक्ष कल्पना भट्टराई उप्रेतीले महिला हिंसाको अन्त्यका लागि घरबाटै, आफैबाट अभियानको थालनी गर्नुपर्ने बताउनु भयो ।कमल उपशाखाका प्रतिनिधीहरु, झापा जिल्ला कार्यसमितिका प्रतिनिधीहरु लगायत झापा मदरगाछका महिलाहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमको सञ्चालन कनकाई उपशाखाकी सचिव निर्मला बस्नेतले गर्नुभएको थियो ।

एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी शुरुवात

नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले हराउँदै जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । विराटनगरले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १५ ओभर तीन बलमा भेट्टायो । जनकपुरका लागि लाहिरु मिलान्थाले अविजित ७५ र हर्ष ठाकरले अविजित २९ रन बनाए । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एकरएक विकेट लिए ।

त्यसअघि त्रिवी क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्ग्स १९ ओभरमा एक सय २७ रन बनाउँदा अलआउट भयो । विराटनगरका लागि मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाए ।जनकपुरका ललित राजवंशीले तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष ठाकरले दुईरदुई विकेट लिए । कीर्तिपुरमा रहेको त्रिवि मैदानमा आजदेखि शुरु भएको एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

स्थानीय तह उप-निर्वाचनको सम्पूर्ण तयारी पूरा

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ। निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले जानकारी दिए।

गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए।

आयोगका प्रवक्तासमेत रहेकी अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन्।

एनपीएलको विजेताले एक करोड ११ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले एक करोड ११ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।

एनपीएलको उद्घाटनको क्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) ले यो घोषणा गरेको हो । प्रतियोगिताको उपविजेताले ५० लाख रुपैयाँ पाउने छ । यस्तै तेस्रो हुने समूहले ३० लाख रुपैयाँ र चौथो हुनेले २० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ । कीर्तिपुरमा रहेको त्रिवि मैदानमा आजदेखि शुरू भएको एनपीएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

विराटनगरले दियो जनकपुरलाई १ सय २८ रनको लक्ष्य

बहुचर्चित र बहुप्रतिक्षित नेपाल प्रिमियर लिग क्रिकेट ९एनपीएल० आजदेखि शुरु भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आयोजना गरेको पहिलो संस्करणको एनपीएलको त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा भव्य उद्घाटन भएको छ । उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सले खेल्दैछन् ।

विराटनगरले जनकपुरलाई एक सय २७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा एक सय २७ रनमा अलआउट भयो । विराटनगरका लागि मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाए । जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष ठाकरले समान दुई विकेट लिए ।
एनपीएललाई लिएर स्वदेश र विदेशमा रहेका नेपाली क्रिकेटप्रेमी उत्साहित हुँदै व्यवग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ । त्रिवी क्रिकेट मैदानलाई अहिलेसम्मकै चिटिक्क बनाइएको छ ।

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ वटा फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स,कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । यो खेलको भारतीय चर्चित स्पोर्टस टीभी च्यानल स्टार स्पोर्टसले प्रत्यक्ष प्रशारण गरिरहेको छ । एक्सन स्पोर्टसको युटुव च्यालनमा पनि खेलको प्रशारण भइरहेको छ ।

हल्दिबारीमा गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र ल्याब सेवा शुरु

झापाको हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र ल्याब सेवा प्रदान गर्न थालेको छ ।स्वास्थ्य संस्थामा प्रसुती गराउन प्रोत्साहित गराउने उद्देश्यले हल्दिबारीले सुरक्षित प्रसुती प्रोत्साहन कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनुभयो । “स्वास्थ्य संस्थामा प्रसुती गराउन प्रेरित गराउन पनि कार्यक्रम शुरु गरेका हौं”, उहाँले भन्नुभयो, “विपन्न नागरिकलाई यसले धेरै राहत मिलेको छ ।”

गाउँपालिकाले सुरक्षित प्रसुती प्रोत्साहन कार्यक्रम अन्तरगत आठ पटक नियमित गर्भ जाँच गराउने महिलालाई रू दुई हजार प्रोत्साहन रकम दिने गरेको छ । त्यस्तै, पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा दिनुका साथै पालिका बाहिर ५० प्रतिशत छुट दिने गरेको छ भने निःशुल्क ल्याब सेवा दिने गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश खतिवडाले बताउनुभयो ।

गएको आर्थिक वर्ष २०८०र०८१ मा दुई सय २१ जना महिलाले सुरक्षित प्रसुती प्रोत्साहन कार्यक्रम अन्तरगत रू चार लाख २९ हजार आठ पाएका छन् । गाउँपालिकाले विपन्न नागरिकको उपचारमा सहयोग गर्ने उद्देश्यले जनता उपचार कोष स्थापना गरेको छ ।

गत आर्थिक वर्ष २०८०र०८१ म ७१ जनालाई रू पाँच लाख २८ हजार आर्थिक सहायता प्रदान गरिएको छ । विभिन्न स्वास्थ्य समस्या भएका पालिकाबासीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरी उपलब्ध गराइँदै आएको गाउँपालिकाले जनाएको छ । चालू आव २०८१ र ०८२ को हालसम्म कोषमार्फत् १६ जनाले रू एक लाख पाँच सय पाएका छन् ।

आइतवार हुने पालिका उपचुनावको मौन अवधि शुरू

आइतवार हुने पालिका उपचुनावको मौन अवधि शुरू भएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने चुनावी प्रचारप्रसार निषेध अवधि गएराति १२ बजेदेखि शुरू भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले प्रचारप्रसार निषेध अवधि शुरू भएको उल्लेख गर्दै उपचुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ ।

यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि नगर्नसमेत आयोगले भनेको छ ।

मौन अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा आयोजना गर्न, जुलुस निकाल्न, नाराबाजी गर्न तथा अरु कुनै पनि प्रकारले प्रचारप्रसार गर्न पाइने छैन ।