Thursday, February 6, 2025
Home Blog Page 15

निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाण्डौ–भैरहवा उडान गर्ने, भाडा ७ हजार रुपैयाँ

0

२१ असोज । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी जहाजले आउँदो बुधवार फूलपातीका दिन काठमाण्डौ–भैरहवा उडान गर्ने भएको छ ।

सडक खराब हुँदा धेरै मानिस हवाई यात्रा गर्न बाध्य छन् । तर हवाईजहाजको टिकट पनि नपाएको र पाएको टिकट पनि धेरै महँगो भएको गुनासो आएको छ । गुनासोलाई केही हदसम्म सम्बोधन गर्न निगमले विदेशमा उडान गर्दै आएको १ सय ५८ सिटको न्यारोबडी जहाजमार्फत भैरहवामा एउटा उडान गर्न लागेको हो ।

फूलपातीका दिन काठमाण्डौबाट जहाज ११ बजे भैरहवाका लागि उड्नेछ । साढे १२ बजे काठमाण्डौ फर्किनेछ । काठमाण्डौबाट भैरहवाका लागि भाडादर ७ हजार रुपैयाँ रहेको छ भने भैरहवाबाट काठमाण्डौको भाडा ३८ सय ९० रुपैयाँ रहेको निगमले जनाएको छ । निगमको वेबसाइटबाट टिकट लिन सकिनेछ ।

बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ४६ जना पुग्यो

0

२१ असोज । अघिल्लो हप्ताको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ४६ जना पुगेको छ । १८ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । त्यस्तै एक सय ७८ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी पाँच वटा जिल्लामा धेरै जनाकाे ज्यान गएकाे छ। जसमध्ये काभ्रेमा सबैभन्दा धेरै ७८ ज्यान गएको छ । यस्तै ललितपुरमा ४६, धादिङमा ३९, काठमाण्डौमा १९, सिन्धुपाल्चोकमा १० जनाकाे ज्यान गएकाे नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ ।

सन्थाल मेला यसबर्ष पनि सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा लाग्ने

परम्परागत रुपमा लाग्दै आएको भव्य सन्थाल मेला यसबर्ष पनि सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा दसैकोे फुलपाती सप्तमीमा लाग्ने भएको छ । आयोजक कनकाई खेलकुद प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरि सन्थाल मेलाको तयारी पूरा भएको जानकारी दिएको हो । कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले प्रतिष्ठानले अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्र्तगत हरेक बर्ष लोप हुदै गइरहेको सन्थाल नाच प्रतियोगिताको आयोजना गरिदै आएको बताउँनुभएको छ ।

प्रतियोगितामा सहभागि हुन चाहने टोलीले कम्तीमा १५ जनालाई समावेश गर्नुपर्ने नियम रहेको र प्रथम हुने टिमले नगद ३५ हजार रुपैँया प्राप्त गर्ने र यसका लागि कनकाई ३ का पुष्प संग्रौलाको परिवारबाट उक्त पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ । यसैगरि दोस्रो पुरस्कार नगद २५ हजार रुपैँया प्राप्त गर्ने र यसका लागि कनकाई ३ को एलक्स कन्ट्रशन प्रालि रहेको जानकारी गराइएको छ । शान्तना पुरस्कार १० हजार र अन्य विधागत पुरस्कार पनि रहेको छ । यसका लागि कनकाई नगरपालिकाबाट मुख्य सहयोग रहेको समेत पत्रकार सम्मेलनमा कनकाई खेलकुद प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेतीेले बताउँनुभयो ।

सन्थाल मेलामा जम्मा ३ लाख ९८ हजार खर्च हुने अनुमानित लागत रहेको बताइएको छ ।मेला सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु बनाइएको जसमा मुल संयोजक गोपाल खरेल, आर्थिक समिति संयोजक छवि थपलिया, प्रचार प्रसार संयोजक भुवन खतिवडा, अतिथि सत्कारमा उपाध्यक्ष अम्बिका खरेल, मञ्च व्यावस्थापनमा रमेशचन्द्रबाबु मैनाली, स्वयम सेवक व्यावस्थापनमा सुनिल मुर्मु रहनुभएको छ । यता सन्थाल मेला तथा नृत्य प्रतियोगिताको उदघाटनको प्रमुख अतिथिमा सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल रहनुभएको छ ।

एनपीएलका लागि खेलाडी अक्सन सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाली खेलाडी चयनका लागि अक्सन भएको छ ।

सहभागी आठ टोलीका लागि १० खेलाडीको दरले अक्सनबाट ८० खेलाडीको टुङ्गो लागेको छ । १२ खेलाडी अक्सनको अधिकतम मूल्य १५ लाख रुपैयाँमा बिक्री भएका छन् ।

सर्वाधिक मूल्य पाउने र सबै टोलीको रोजाइमा अनिल शाह रहे । अनिललाई लक्की ड्रमार्फत जनकपुर बोल्ट्सले पाएको छ ।

त्यसपछि धेरै टोलीको रोजाइमा परेर अधिकतम मूल्य पाउने खेलाडीमा गुलशन झा र लोकेश बम रहका छन् । गुलशन र लोकेशमाथि समान ७ टोलीले अक्सनमा बोली लगाएका थिए ।

लक्की ड्र मार्फत गुलशन कर्णाली याक्समा १५ लाख रुपैयाँ अनुबन्ध भए । लोकेश भने लक्की ड्र मार्फत विराटनगर किङ्ग्समा पुगे ।

ललित राजवंशी १५ लाखमा जनकपुर वोल्ट्समा अनुबन्ध भएका छन् । प्रतिश जिसीलाई विराटनगर किङ्ग्सले अनुबन्ध गराउन सफल भएको छ ।

सर्वाधिक मुल्य पाउने अर्को खेलाडीमा विवेक यादव रहेका छन् । उनलाई लुम्बिनीले अधिकतम मूल्यमा टोलीमा समावेश गराउन सफल भयो ।

सूर्य तामाङ र सन्दीप जोरालाई पनि लुम्बिनीले भित्र्याएको छ ।साहब आलमलाई काठमाण्डौ गुर्खाजले अनुबन्ध गरेको छ । सागर ढकाल पोखरा एभेन्जर्समा पुगेका छन् ।

आरिफ शेख सुदूरपश्चिममा र भीम सार्की काठमाण्डौ गुर्खाजमा अधिकतम मुल्य १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन् ।

राजेश हजामको हड्डीहरु विरिङ खोला किनारमा फेला

२०असोज, बिर्तामोडगत जेठ १५ गतेदेखि हराइरहेका २१ वर्षीय राजेश हजामको टाउको र हड्डीहरु (कंकाल) फेला परेको छ । बाह्रदशी –७ लाफादी (विरिङ खोला किनार) मा पुरिएको अवस्थामा फेला परेको जनाइएको छ । केही दिनदेखि हजामको शव खोजी गर्न प्रहरीले जेसिवी प्रयोग गरेर खोजिरहेको थियो ।प्रहरीले पहिले एउटा घरमा उत्खनन् गरेको थियो भने आज विरिङ खोलामा जेसिवी प्रयोग गरेर शव खाज्ने क्रममा फेला पारेको हो । प्रत्यक्षदर्सीका अनुसार शरिरको केही भाग कपडामा बेरिएको अवस्थामा भेटिएको छ ।

यसअघि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमाहरुमा नरेश, मुना र समिर राजवंशी रहेका छन् । उनीहरुको बयानका आधारमा प्रहरीले खोजी गरिरहेको थियो । पक्राउ परेकाहरुले हत्या गरेर पुरेको ठाउँ बताएपछि प्रहरीले त्यहाँ उत्खनन् गरेको बताइएको छ । 

बालिका करणी आरोपमा युवा पक्राउ

झापामा बालिकालाई करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–१ का २१ वर्षीय एक युवालाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बालिकालाई गत असोज १४ गते जवरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

नेपाल पत्रकार महासङ्घको चुनाव आउँदो मङ्सिर २८ गतेहुँदै

नेपाल पत्रकार महासङ्घको प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले महासङ्घका तीनै तहको चुनाव आउँदो मङ्सिर २८ गते गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा सम्पन्न भेलाले मङ्सिर २८ गते चुनाव गर्ने निर्णय गरेको महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो ।

बिर्तामोडका मुख्य ठाउँहरुमा जेब्रा क्रसिङ निर्माण

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिर्तामोडका मुख्य ठाउँहरुमा जेब्रा क्रसिङ निर्माण गरेको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख निरीक्षक गणेश पौडेलले जानकारी दिए ।उनका अनुसार मुक्तिचोक वरीपरी, भाटभटेनी सुपर मार्केट अगाडि र मोहनमाया माध्यमिक विद्यालय अगाडि गरेर ९ वटा जेब्रा क्रसिङ निर्माण गरिएको छ । यसअघि निर्माण गरिएका जेब्रा क्रसिङको रङ खुइलिए पछि यात्रुलाई सहज बनाउने उदेश्यले जेब्रा क्रसिङ निर्माण गरेको बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताए ।वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)अर्जुन प्रसाद सोडारीले स्थानिय विभिन्न संघ संस्थाको सहयोगमा अन्य स्थानमा पनि जेब्रा क्रसिङ निर्माण गरिने जानकारी बताएका छन् ।

झापा बाह्रदशीमा सर्पले डसेर एक महिलाको मृत्यु

सर्पले डसेर झापा बाह्रदशी– ५ घोडामाराकी ५ कि ४१ बर्षिय कमला न्यौपानेको मृत्यु भएको छ ।

शुक्रवार साँझ ६.३० बजे बाह्रदशी– ५ घोडामारामा न्यौपानेलाई आफ्नै गाईगोठमा गाई बाँध्ने क्रममा दाहिने खुट्टामा बिषालु सर्पले डसेको थियो ।
बिषालु सर्पले टोकी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा राति ८ बजेर ५ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्गा माविको टोली सुझाव संकलन गर्न प्रत्येक घरमा पुग्दै 

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न ७ लामाटोलीमा रहेको दुर्गा माध्यमिक विद्यालयको टोलीले सुझाव संकलन गर्न घरदैलो अभियान गरिरहेको छ । 

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालयमा कार्यरत शिक्षक कर्मचारी, अभिभावक र सरोकारवाला सेवा क्षेत्र भित्रको प्रत्येक घरमा हिंडिरहेको हो । 

असोज ११ गतेबाट सुझाव संकलन गर्न सुरु गरेको घरदैलो अभियान दैनिक रुपमा बिहान ७ बजेदेखी ११ बजे संचालन गरिरहेको विद्यालयका सहायक प्रधानाध्यापक केशव न्यौपानेले जानकारी दिए । 

पथरी शनिश्चरे नगरपालिकाको शिक्षा शाखाबाट विद्यार्थी संख्या न्यून भएको र यस्तै रहेमा कक्षा घटुवा हुने पत्रचार गरेपछि बिभिन्न कार्यक्रम गर्दै आएको यस विद्यालयले हाललाई घरदैलो अभियान संचालन गरिरहेको छ । 

असोज ११ गतेदेखी आज असोज १९ गते सम्मा करिब ५ सय घरमा गएर सुझाव लिने काम भएको सोही विद्यालयमा कार्यरत शिक्षिका लक्ष्मी नेपाल बस्नेतले बताइन । विद्यालयको खस्कदो अवस्थालाई मध्यनजर गरेर घरदैलो गर्दा अभिभावकबाट राम्रा सुझाव आएको र त्यसलाई अनुमोदन गर्दै कार्यन्वयनको पाटोमा लगिने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उद्धवराज बस्नेतले बताएका छन । 

विगत केहीवर्ष अगाडीदेखी विद्यालय प्रशासन, अभिभावक र स्थानिय सरोकारवालाहरुसंग एक आपसमा समन्वय नहुँदा समस्या आएको स्थानियहरु बताउँछन । सुझाव संकलनको क्रममा शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरु लाग्नु पर्ने, विद्यालयमा राजनितिक हस्तक्षेप बन्द गर्नुपर्ने, विद्यालयको भौतिक पुर्वाधार ब्यवस्थीत गर्दै सौचालय सफा राख्नुपर्ने, जाँड रक्सी नखाने शिक्षक हुनु पर्ने, यातायातको ब्यवस्था गर्नु पर्ने लगायतका सुझावहरु पाएको अभियान टोलीका एक सदस्यले बताए । 

यति सुझावहरु कार्यन्वयन भएमा आफ्ना छोरा छोरी यस विद्यालयमा पढाउने वचनवद्धता अभिभावकहरुबाट पाएको जनाइएको छ ।