Thursday, February 6, 2025
Home Blog Page 14

टी–२० खेलमा अमेरिकालाई नेपालले दियो १ सय ६५ रनको लक्ष्य

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १ सय ६५ रनको लक्ष्य दिएको छ । डल्लासमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६४ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए । यस्तै दीपन्द्रसिंह ऐरीले २८, अनिल साह र आशिफ शेखले समान २७ रन बनाए । अमेरिकाका हर्मित सिंह, सौरभ नेत्रावलकर र जसदीप सिंहले समान दुई विकेट लिए । अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ ।

नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ । यो टी–२० शृङ्खलापछि अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

नेपालले अमेरिकासँग टी–२० अन्तर्राष्ट्रिय खेल पहिलो पटक खेल्न लागेको हो । नेपाल र अमेरिकाबीच यसअघि सात वटा एकदिवसीय खेल भएकोमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन भएको थियो ।

वीरगञ्ज भन्सारबाट मोटरसाइकल आयात बढ्यो

0

१ कात्तिक, पर्सा । वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालू आर्थिक वर्षको यही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे गाडीको आयातमा कमी आएको भए पनि दुई पाङग्रे गाडीको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताउनुभयो । चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएका छन् ।

गएको आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए । आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार छ सय २७ वटा मोटरसाइकल(मोपेडसहित)को पार्टपूर्जा आयात भएका थिए ।

चालू आर्थिक वर्षको यही अवधिमा ३४ करोड १७ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ लाख ६१ हजार पाँच सय ३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जाहरु आयात भएको छ ।

विपद्पछिको पुनर्निर्माण छिट्टै अघि बढाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

0

३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनर्निर्माण र पुनर्व्यवस्थापनको काम अघि बढाउने बताउनुभएको छ ।

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनर्निर्माणबारे आज प्रधानमन्त्री निवास बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भोलि बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत तथा अस्थायी आवाससँगै पुल निर्माणबारे आवश्यक निर्णय गरिने जानकारी गराउनुभयो । उहाँले बाढी र पहिरोका कारण काठमाण्डौ जोड्ने विभिन्न सडक अवरुद्ध भएकोमा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायी रूपमा सडक सञ्चालनमा आएको समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बलबुतामा पुनर्निर्माण र पुनर्व्यवस्थापनका कामहरू गर्नुपर्नेमा जोड दिनुभयो ।

For optimal results, consult a doctor about dosage guidance. Combining medications may lead to blood pressure problems or other health risks. Explore safe options for enhancing male performance effectively.

प्रतिनिधिमण्डलले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एक मात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएपछिको जिल्लाको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएको थियो ।

झापामा तास खेल्ने १२ जना पक्राउ

झापामा तास खेल्ने १२ जना पक्राउ परेका छन् । झापाको शिवसताक्षी– ९ दुधेबाट तास खेलिरहेको अवस्थामा उनीहरूलाई पाँच लाख चार हजार ३० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगपालिका– ६ का ५० वर्षीय मिलन भण्डारी, सोही ठाउँका ४७ वर्षी दीपक तामाङ, ४२ वर्षीय नवीन तिम्सिना, शिवसताक्षी– ९ का ३९ वर्षीय प्रकाश लिम्बू, सोही ठाउँका ३७ वर्षीय भीमबहादुर भण्डारी, ४१ वर्षीय दिनेश बाराकोटी, ४१ वर्षीय खगेन्द्र उप्रेती, ३९ वर्षीय विनोद खरेल, २० वर्षीय सौगात मैनाली, शिवसताक्षी– ११ का ३२ वर्षीय नरेन्द्र विश्वकर्मा, सोही ठाउँका ३६ लोकबहादुर विश्वकर्मा र भारत कोलकाताका ४१ वर्षीय परिदोष पल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शिवसताक्षी– ९ दुधेस्थित विनोद खरेलको घरमा रहेको सगरमाथा होटेलमा जुवाजन्य तास खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।

Data source:

हात्ती आक्रमणबाट ७३ वर्षीय राईको मृत्यु

इलामको चुलाचुली गाउँपालिका–१ मा हात्तीको आक्रमणबाट ७३ वर्षीय राजकुमार राईको ज्यान गएको छ । हिजो बेलुका गाउँ पसेका हात्ती भगाउन जाँदा हात्तीको आक्रमणमा परी राई घाइते हुनुभएको थियो । राईलाई झापाको दमकमा रहेको लाइफलाइन अस्पताल लगिएकामा उपचारका क्रममा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वसाधारणलाई दशैँको टीका लगाइदिने

राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वसाधारणलाई दशैँको टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपति कार्यालयले निकालेको सूचना अनुसार राष्ट्रपति पौडेलले आज दिउँसो ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तिका लागि र साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ ।

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, प्रदेश प्रमुख, न्यायधीश, संवैधानिक निकायका पदाधिकारी र निजामती, जङ्गी तथा प्रहरीतर्फका अधिकृतस्तरका कर्मचारीलाई ३ देखि साढे ३ बजेसम्म टीका लगाइदिने र त्यसपछि सर्वसाधारणलाई टीका लगाउने सूचनामा उल्लेख छ ।

आज बडादशैँको मुख्य दिन,रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै

आज बडादशैँको मुख्य दिन, विजयादशमी । असोज शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशीमा टीका लगाइन्छ ।

आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा तथा प्रसाद लगाइन्छ । विजयादशीको टीका लगाई दिँदा यश, ऐश्वर्य वृद्धि एवम् दीर्घायु प्राप्त होस् भन्ने जस्ता आशीर्वाद दिइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत निकालेको छ ।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरू गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आउँदो ३० गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैँ पर्व समाप्त हुन्छ ।

यस्तै बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने साइत छ । साइत नखोज्ने र साइतमा लगाउन नभ्याउनेहरुले आज दिनभर नै टीका लगाउन मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । उहाँका अनुसार टीका लगाई माग्ने पूर्व फर्किन उत्तम छ । त्यस्तै आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

मेचीनगर–६ बाट लागुऔषध ब्राउन सुगर सहित एक पक्राउ

झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २२ गते साँझ लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अर्जुनधारा नगरपालिका–४ का २० वर्षीय पुष्प तुम्वापोको साथबाट ३ ग्राम ब्राउन सुगर फेला पारी निजलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

विश्व बैंकले नेपाललाई विपद् प्रतिरोध क्षमता विकास गर्न झन्डै २० अर्ब रुपैयाँ ऋण दिने

विश्व बैंकले नेपाललाई विपद् प्रतिरोध तथा यससम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर अर्थात् झन्डै २० अर्ब रुपैयाँ ऋण दिने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारलाई प्राकृतिक वा जलवायुजन्य विपद् तथा आपत्कालको अवस्थामा उपयोग गर्न सहुलियत ऋण स्वीकृत गरेको हो । बाढी पहिरोलगायत प्राकृतिक प्रकोप, अन्तर्राष्ट्रिय समुदायको गतिविधिका कारणले मौसममा आएको प्रभाव वा स्वास्थ्य वा सामाजिक क्षेत्रमा आउने विपत्ति सामना गर्न विश्व बैंकले यस्तो ऋण दिने गर्छ । विश्व बैंकले स्वीकृत गरेको ऋण नेपालले आफूले चाहेको समयमा लिन सक्नेछ ।

काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल र माल्दिभ्ससँग खेल्दै

0

२२ असोज । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । श्रीलङ्कामा भइरहेको प्रतियोगितामा नेपाल र माल्दिभ्सको खेल नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे शुरु हुनेछ ।

कोलम्बोको सुगाथादासा रङ्गशालामा आजै श्रीलङ्का र किर्गिस्तान तथा तुर्कमेनिस्तान र उज्वेकिस्तान पनि खेल्दैछन् । यसअघि हिजो भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । पहिलो खेलमा भने नेपालले घरेलु टोली श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो ।

आउँदो शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले चौथो खेलमा पर्सि असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौँ खेलमा असोज २५ गते तुर्कमेनिस्तानसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ ।