Thursday, February 6, 2025
Home Blog Page 13

अमेरिकामाथि नेपालको,तेस्रो जीत, टी–२० आई सिरिजमाथि नेपालको क्लिन स्विप

अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो ।

अमेरिकाले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । यस्तै कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा नटआउट रहे । अमेरिकाका जसदीप सिंह र जुआनोए ड्रेस्डेलले १र१ विकेट लिए ।

यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनायो । अमेरिकाका साइतेजा मुकामलाले ६८ तथा मिलिन्द कुमारले नटआउट ४३ रन बनाए ।

नेपालका सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिएका थिए । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल सुपर ओभरमा विजयी भएको थियो ।

नेपालले अमेरिकालाई ‘सुपर ओभर’ मा हरायाे

0

४ कात्तिक । दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएकाे छ । अमेरिकाले दिएकाे ३ रनकाे लक्ष्य नेपालले ४ बलमा भेटायाे । सुपर ओभरमा अमेरिकाले २ रन बनाएकाे थियाे । नेपालका साेमपाल कामीले २ रन दिएर ३ विकेट लिए ।

त्यसअघि नेपालले दिएकाे १ सय ७१ रनकाे लक्ष्य पछ्याएकाे अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रनमात्रै बनाउन सक्यो । नेपाल र अमेरिकाको स्कोर बराबी भएपछि खेल सुपर ओभरमा पुगेको हो । अमेरिकाका आन्द्रेस गाैसले सबैभन्दा धेरै ६२ रन बनाए । नेपालका करण केसीले ३, साेमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

यसअघि डालासमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायाे । नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए । भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चाैका प्रहार गरे । अमेरिकाका जसदीप सिंह र नाेस्थुश केन्जिगेले समान २ विकेट लिए ।

याे जीतसँगै नेपालले तीन खेलकाे शृङ्खला एक खेलअघि नै जितेकाे छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भाेलि हुनेछ ।

टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दै

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दैछन् ।

नवौं संस्करणको फाइनल खेल दुबईमा आज राति पौने ८ बजे शुरू हुनेछ । सेमिफाइनलमा दक्षिण अफ्रिका अस्ट्रेलियालाई र न्युजिल्यान्डले वेस्ट इन्डिजलाई हराएको थियो ।

आज महिला टी–२० विश्वकप क्रिकेटले नयाँ विजेता पाउने भएको छ । दक्षिण अफ्रिका र न्युजिल्यान्डले अहिलेसम्म उपाधि जितेका छैनन् । दक्षिण अफ्रिका गएको वर्षको विश्वकपमा उपविजेता बनेको थियो । यस्तै न्युजिल्यान्ड सन् २००९ र २०१० मा उपविजेता बनेको थियो ।

देशभर चिसो बढ्यो, केही ठाउँमा बदली र वर्षा

देशभरि चिसो बढ्न सुरु भएको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा काठमाण्डौको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । आजभन्दा २० दिनअघि अर्थात् अक्टोबर १ तारिखमा काठमाण्डौको न्यूनतम तापक्रम २० दशमलव ४ डिग्री सेल्सियस थियो । २० दिनमै काठमाण्डौको तापक्रम ५ डिग्री सेल्सियसले घटेको हो ।

गएको चार/पाँच दिनदेखि काठमाण्डौको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियसको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । ‘पोस्ट मनसुन’ को अवस्था रहेकोले अहिले देशभर नै चिसो बढिरहेको उहाँले बताउनुभयो । पश्चिमी वायु र स्थानीय वायुको समेत प्रभावले केही ठाउँमा बदली र वर्षासमेत भएकोले चिसो झनै बढेको मौसमविद् लामिछानेको भनाइ छ । अब चिसो बढ्दै जाने भएकोले चिसोबाट जोगिने उपयाहरूको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ ।

यसैबीच अहिले कोशी, मधेश, बाग्मती, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेकोले केही ठाउँमा बदली र वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

उत्प्रेरक उद्यमी समाज बिर्तामोड झापाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ झापाको दोश्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष सन्दीप गिरीको अध्यक्षता तथा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाँईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।

अध्यक्ष गिरीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा संस्थाको आगामी कार्य योजना प्रस्तुत गरेकोे कार्यक्रममा
कोषाध्यक्ष अर्जुन उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै डाइनामिक पब्लिक लाइब्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपाने र युवा उद्यमी सचिन निरौलालगायतले आफ्नो अनुभव सुनाएका थिए। उनीहरुले अपाङ्गता भएका युवा उद्यमीहरूलाई व्यापार व्यवसायमा प्रोत्साहित गर्न सरकारले सहयोग गर्नुपर्ने बताए। कार्यक्रममा प्रमुख अतिथि गुरागाँईले युवा उद्यमीहरूलाई व्यापार व्यवसायमा प्रोत्साहित गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए।

समुदायलाई उद्यमशीलतासंग जोड्दै लैजाने परिकल्पनामा २०८० फागुन ८ गते स्थापना गरिएको संस्थाले उद्यमीहरूलाई आवश्यक साथ सहयोग गरी उनीहरुलाई सशक्तीकरण गर्ने,सफल उद्यमीहरूको सफलताको कथामार्फत नया उद्यमीहरूलाई उत्प्रेरित गर्ने,नया व्यवसायीक योजना निर्माणका लागी सदस्यहरूलाई आवश्यक सहयोग गर्ने,छनौट भएका व्यवसायीका योजनालाई कार्यान्वयनको प्रतिबद्धता दिलाउने उद्देश्य रहेको छ ।कार्यक्रममा उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ ले प्रबर्द्धन गरेको भन्दै बगान चिया क्याफेलाई उत्प्रेरक उद्यमी समाजको लोगो प्रदान गरिएको थियो । दमकस्थित बगान चिया क्याफेमा भएको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव नवीन भण्डारीले गरेका थिए।

पाडाजुँगीमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

पाडाजुँगीमा स्थानीयले यात्रुवाहक बसमा आज दिउँसो आगजनी गरेका छन् । सवारी दुर्घटनामा मानिसको मृत्यु भएपछि आक्रोशित भीडले बसमा आगो लगाएको हो ।

पूर्वबाट पश्चिम जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-००१ख ३४३५ नम्बरको बसले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा सवार मोरङको केराबारी-७ का पदम राईको घटनास्थलमै मृत्यु भएको थियोे । राईको मृत्यु भएपछि आक्रोशित भीडले बसमा आगो लगाएको प्रहरीले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पार्टी कार्यालय वनस्थलीबाट सभापति लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि लामिछानेले कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गरेका थिए।

आजै जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरेअनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले जीबी राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो । राई अहिले पनि फरार छन् । गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी भने गएको असोज ६ गते पक्राउ परिसकेका उनी अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् ।

सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ

0

२ कात्तिक । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ पर्नुभएको छ ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पार्टी कार्यालय वनस्थलीबाट सभापति लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि लामिछानेले कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्नुभएको थियो ।

आजै जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरेअनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो । अब प्रहरीले लामिछानेलाई स्थलमार्ग हुँदै पोखरा लग्नेछ ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले गितेन्द्रबाबु अर्थात् जीबी राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो । राई अहिले पनि फरार छन् । गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी भने गएको असोज ६ गते पक्राउ परिसकेका छन् । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।

समसामयिक विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने विपक्षी दलहरुको निर्णय

0

विपक्षी दलहरुले समसामयिक विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन् । आज बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी दलहरूको बैठकले बाढीपहिरो र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

बाढीपहिरो पीडितलाई उद्धार तथा राहतमा भएको ढिलाइबारे प्रश्न गर्दै ज्ञापन पत्र बुझाउने विपक्षी दलहरुको तयारी छ । नागरिकको आवश्यकता सम्बोधन गर्न र सुशासन कायम राख्न सरकार असफल भएको विपक्षी दलहरुको निष्कर्ष छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अगुवाइमा भएको बैठकमा संसदकाे विशेष अधिवेशनबारे छलफल भएको छ । 

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रन मात्र बनाउन सक्यो ।

Exploring workouts’ effects can yield surprising insights. Exercise influences circulation, potentially impacting physical attributes. Blood pressure treatments may affect function. Navigate health with care during Haste times, and consider nitric oxide aids for vitality.

अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । यस्तै आन्द्रेस गौसले ३० रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । यस्तै रिजन ढकाल, करन केसी र गुल्सन झाले समान एक विकेट लिए । त्यसअघि डल्लासमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६४ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए । यस्तै दीपन्द्रसिंह ऐरीले २८, अनिल साह र आशिफ शेखले समान २७ रन बनाए । अमेरिकाका हर्मित सिंह, सौरभ नेत्रावलकर र जसदीप सिंहले समान दुई विकेट लिए । जितसँगै नेपाल ३ खेलको टी–२० सिरिजमा १–० ले अग्रता बनाएको छ। अब नेपाल र अमेरिकाबीचको दोस्रो खेल २० अक्टुबरमा हुनेछ भने तेस्रो खेल २१ अक्टुबरमा हुनेछ।