Thursday, February 6, 2025
Home Blog Page 11

तिहारको अवसरमा कनकाई नगर प्रमुख पोखरेलको शुभकामना ।

कनकाई,
१८ कात्तिक २०८१,


झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नेपालीहरुको दोस्रो ठुलो चाड तिहार, छ्ट तथा नेपाल सम्वतको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ।

नगर प्रमुख पोखरेलले महान पर्व भाइटीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ ।

नगर प्रमुख पोखरेलले समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना’, समेत भन्नुभएको छ।

उहाँले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको पनि बताउनुभएको थियोे । भाइटीकाको अवसरमा आज शुभकामना दिँदै उहाँले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको बताउनु भएको हो।

नगर प्रमुख पोखरेलले समस्त भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबिचमा स्नेह जागृत गर्ने महिमा बोकेको पर्व रहेको पनि बताउनुभएको थियोे ।


।तिहारले नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्दै शुभकामना दिनुभएको हो।

पढाईसगै लोक संस्कृतिको जगेर्नामा सक्रिय बन्दै कनकाईको हरिकुल नमुना विद्यालय ।

चन्द्र बस्नेत

कनकाई । कात्तिक १५, बिहीवार
झापाको कनकाई–३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विद्यालय पढाई सगै लोक संस्कृतिको जगेर्नामा सक्रिय बन्दै गएको पाईएको छ।हरेक चाडपर्व मनाउने शैलीमा आधुनिकता छाएका बेला आफ्नो पुर्खौली कला संस्कृतिको संरक्षण तथा प्रबद्र्धनमा विद्यालय सक्रिय बन्दै गएको पाएको हो।


यसै क्रममा तिहारलाई लक्षित गर्दै विद्यालयले तेस्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता–२०८१ कार्यक्रम सम्पन्न गरेको छ । लोक संस्कृतिको प्रबद्र्धन हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ नेपालीहरूको महान पर्व बडादशै , शुभ – दिपावली , छट तथा नेपाल सम्वत् लगायत चाडको अवसर पारेर विद्यालयको प्राग्ङ्ड्मा कार्यक्रमको आयोजना गरिएको विद्यालयकी प्रबन्ध निर्देशक ग्रिशा रावल थापाले जानकारी दिनुभयो ।
खुला देउसी भैलो कार्यक्रममा विभिन्न कनकाई माबिका समूह, हग्ङ्स बाहिनी समूह, नेपाल लिङ्ग कम्युनिकेसन समुह ,कनकाई कृतन मंडली समूह, द लोकल देउसी समूह, भगवती साधन केन्द्र ,कनकाई लोक कला समूह, ग्रामीण विकास सेवा समूह, नमुना टोल, बिर्तामोड नृत्य , म्यारिगोल्ड अंग्रेजÞी विद्यालय , मधुवन कलाकेन्द्र, ग्लोबल अङ्ग्रेजी विध्यालय्ब, फ्क्तालुङ्ग अङ्ग्रेजी विद्यालय लगायत १४ टोलीको सहभागि प्रतियोगितामा ग्रामीण विकास सेवा समुह प्रथम , हङ्ग्स बाहिनी समूह द्वितीय ,ग्लोबल अङ्ग्रेजी विद्यालय तृतीय तथा मधुवन कलाकेन्द्र सान्त्वना बन्न सफल भएको विद्यालयका संचालक राजु थापाले जानकारी दिनुभयो ।


विजेताहरुलाई उपस्थित विद्यालयका सस्थापक चन्द्र मैनाली , प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको ,विशिस्ट अतिथि नगर उप प्रमुख आशा शर्मा शिवाकोटी, प्रबन्ध निर्देशक थापा, संचालक साजन थापा , राजु थापा ,विद्यालयका प्रिन्सिपल रोषन खत्री लगायतले प्रतियोगितात्मक कार्यक्रममा प्रथम हुनेलाई नगद २० हजार रुपैयाँका साथमा प्रमाणपत्र त्यस्तै द्वितीय हुनेलाई नगद १५ हजार रुपैयाँका साथमा प्रमाणपत्र त्यस्तै तृतीय हुनेलाई नगद १० हजार रुपैयाँका साथमा प्रमाणपत्र र सान्त्वना हुनेलाई पनि पुरस्कार प्रदान गरिएको विद्यालयका भाइस
प्रिन्सिपल सन्दीप मरासिनीले जानकारी दिनुभयो ।हरिकुल नमुना माध्यमिक विद्यालयले बालबालिकालाई नेपालीहरूको महान पर्वहरू बडा दशैँ , शुभ – दिपावली ,छठ तथा नेपाल सम्वत् लगायत थुप्रै चाडपर्वहरूको संरक्षण तथा संस्कृति बचाइराख्ने उद्देश्यका साथ विगतका वर्षहरूमा पनि आयोजना गर्दै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिदै तेस्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता आयोजना गरिएको प्रबन्ध निर्देशक थापाले स्पष्ट पार्नुभयो।कार्यक्रममा कला संस्कृति संरक्षका बारेमा विभिन्न सचेतना मूलक पुराना देउसी भैलोका भाकाहरु प्रस्तुत गरिएको विद्यालयका प्रबन्ध निर्देशक थापाले स्पष्ट पार्नुभयो।
देउसी भैलोमा सहभागीहरूले परम्परागत लोक संस्कृति झल्कने पहिरनका साथ सहभागी भएका थिए


देउसी भैलो कार्यक्रमको निणायक मण्डलमक पुर्वान्चाल कलाकेन्द्रका प्रमुख कृष्ण योन्जन, नृत्य निर्देशनालय कोशी प्रदेश महासचिव शंकर विश्वकर्मा, सरस्वती माध्यमिक विध्यालय जामुनबारीका शिक्षक सुर्य प्रसाद अधिकारी , कोडिनेटर विजय लिम्बुले संयुक्त रुपमा भुमिका निर्वाह गर्नुभएको थियोे ।विद्यालयकी प्रबन्ध निर्देशक ग्रिशा रावल थापाको अध्यक्ष रहेको कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेकोे थियोे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख पोखरेलले समाजमा सन्देश फैलाउनको लागि, आधुनिकताका नाममा भित्रिएका विकृतिहरू हटाउनको लागि र पुराना कलाको संवर्द्धनको गर्नको लागि विद्यार्थीहरू महत्त्वपूर्ण माध्यम हुने भएकोले सकेसम्म हरेक विद्यालयले वार्षिक रूपमा मौलिक देउसी भैलो प्रतियोगिता राख्न आवश्यक रहेको धारणा राख्नु भएको थियोे ।


उहाँले यही गतिमा हाम्रा कला सस्कृती बिग्रिँदै र बिर्सिँदै जाने हो भने केही दशकमा नै मौलिक प्रचलनहरू लोप हुने खतरा रहेको भन्दै कला सस्कृती बचाई राख्न आगामी दिनमा स्थानीय तहले स्थानीय पाठ्यक्रममा यस्ता विषयहरूलाई समावेश गरिने र हाम्रा मौलिक संस्कार र चलनहरू बचाई राख्न स्थानीय तह लागी पर्ने प्रतिवद्वता जनाउनुभयो।
कार्यक्रममा नगर उप प्रमुख आशा शर्मा शिवाकोटी , शिक्षक अभिभावक संघका अध्यक्ष लिला प्रसाद चिमरिया , नेपाल भारत मैत्री संघका प्रतिनिधि श्याम पौडेल , कनकाई खेलकुद प्रतिस्ठानका अध्यक्ष छवि थपलिया लगायतले आजभोलि गाउँ गाउँका विद्यालयका विद्यार्थीहरूले मादल, मुजुरा, खैँजडी, मुरली जस्ता मौलिक बाजाको प्रयोग गरेर यदाकदा देउसी खेल्ने गरेको देख्न सकिन्छ। तर बजारमा भने ‘डान्स बार’ मा बजाइने खालका ‘रिमिक्स’ गरिएका तथा नेपाल बाहिरका गीत सङ्गीतहरूमा नाच्ने प्रवृत्तिले मौलिक कलालाई किचिसकेको छ। मौलिकताको संरक्षणका लागि विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई पुराना कला र कौसलसँग परिचित हुने मौका दिने हो भने कला संरक्षणमा सहज हुने धारणा राख्नु भएको थियो ।


कार्यक्रमकै अवसरमा कक्षा नर्सरी देखि कक्षा १० सम्मका उत्कृष्ट अंक प्राप्त गर्ने एक–एक जना विध्यार्थीलाई पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।सोही अवसरमा विभिन्न दाताहरूबाट नर्वदा–गदाधर छात्रवृत्ति , टिकाद्वत– हरि प्रिया छात्रवृत्ति , दिव्य –कृष्ण छात्रवृत्ति, रोनिल–रोजिन छात्रवृत्ति, हेमन्त छात्रवृत्ति, सिक्स डाक्टर फाउन्डेसन छात्रवृत्ति, विरबहादुर छात्रवृत्ति, दिलिप बस्नेत छात्रवृत्ति , महेश्वरी फाउन्डेसन छात्रवृत्ति लगायत विभिन्न दाता परिवारबाट १० वटा बिधामा भन्दा धेरै स्थापना गरिएको छात्रवृत्ति बाट विभिन्न दलित , जेहेन्दार, विपन्न परिवारका छोराछोरी छनौट गरि प्रतेक छात्रवृत्तिबाट २ देखि ३ जनालाई आधालाई एक सय प्रतिसत र बाकी आधा नानी बाबुलाई पचास प्रतिशतका दाता परिवारको ईच्छा अनुसार नै दाता परिवार ,विद्यालयकी प्रबन्ध निर्देशक ग्रिशा रावल थापा,प्रिन्सिपल रोशन खत्रीले , विद्यालयका संस्थापक चन्द्रप्रसाद मैनाली लगायतले छात्रवृत्ति को पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालयका भाईस प्रिन्सिपल सन्दिप मरासिनीले जानकारी दिनुभयो ।

अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपाल ३७ रनले पराजित

आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको दुई सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर पाँच बलमा दुई सय ४४ रनमा अलआउट भयो ।नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रन बनाए । यस्तै सोमपाल कामीले ४६ रन बनाए । अमेरिकाका सौरभ नेत्रावलकरले चार विकेट लिए ।

त्यसअघि डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो ।अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए । यस्तै कप्तान मोनांक पटेलले ६७ र हरमित सिंहले ५९ रन बनाए । नेपालका गुलशन झाले तीन विकेट लिए । यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । कुशल भुर्तेलले एक विकेट लिए ।

लिग–२ अन्तर्गत यो शृङ्खलाको पहिलो खेलमा पनि नेपाल घरेलु टोली अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । नेपालले आफ्नो दोश्रो खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो ।तालिकाको सातौँ स्थानमा रहेको नेपालको ११ खेलमा पाँच अङ्क छ । १२ खेलमा १६ अङ्कका साथ अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले यो श्रृंखलाको आफ्नो अन्तिम खेलमा भोलि स्कटल्याण्डसँग खेल्नेछ ।

आज भाइटीका, उत्तम साइत बिहान ११: ३७ बजे

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डा. देवमणि भट्टराईले जानकारी दिए।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए।

यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित

२०औँ ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको छ ।श्रीलङ्काले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्रै बनाउन सक्यो । त्यस अघि टस हारेर व्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित ६ ओभरमा दुई विकेट गुमाएर एक सय २३ रन बनाएको थियो ।

यस अघि आजै भएको समूह चरणको अन्तिम खेलमा नेपालले अष्ट्रेलियालाई ११ रनले हराएको थियो । हिजो इङ्गल्याण्डलाई हराएको नेपाल आज अष्ट्रेलियासँगको जीतसँगै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।नेपालले पहिलो पटक ‘द हङकङ सिक्सेस’ प्रतियोगिता खेलेको हो । प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भोलि हुनेछ ।

‘द हङकङ सिक्सेस’ क्रिकेटमा नेपालले अस्ट्रेलियालाई ११ रनले हरायो

२०औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको छ । नेपालले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया एक सय रनमा अलआउट भयो ।

अस्ट्रेलियाका लागि ज्याक उडले सर्वाधिक ५५ रन बनाए । नेपालका प्रतिश जिसीले तीन विकेट लिए । यस्तै लोकश बम र विबेक यादवले १/१ विकेट लिए । त्यसअघि मिसन रोड ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा दुई विकेट गुमाएर एक सय ११ रन बनाएको थियो ।

नेपालका लागि कप्तान सन्दिप जोराले अविजित ५१ रन बनाएर रिटायर्ड भए । यस्तै लोकेश बमले ३३ रन बनाए । अस्ट्रेलियाका ज्याक उडले दुई विकेट लिए । यस्तै नेपालले क्वाटरफाइनलमा आजै दिउँसो १ बजेर ३५ मिनेटमा श्रीलङ्कासँग खेल्दैछ । नेपालले पहिलो पटक ‘द हङकङ सिक्सेस’ प्रतियोगिता खेलेको हो । प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भोलि हुनेछ ।

हङकङ सिक्सेसमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले हरायो

इङ्ल्यान्डलाई हराउँदै द हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई छ विकेटले हराएको हो ।

इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित छ ओभरको खेलमा १० बल बाँकी हुँदै भेट्टायो । नेपालले चार ओभर दुई बलमा लक्ष्य पुरा गर्‍यो । नेपालका कप्तान सन्दिप जोराले ५० रन बनाएर रिडायर्ड भए ।

यस्तै रसिद खानले अविजित २१ र लोकश बलले अविजित २० रन बनाए । त्यसअघि मिसन रोड ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले छ विकेट गुमाएर ९७ रन बनाएको थियो । प्रतियोगितामा नेपालले भोलि अस्ट्रेलियासँग खेल्नेछ ।

उपविजेता बनेको महिला फुटवल टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली फुटबल (साफ) महिला च्याम्पियनशिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा उहाँले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइ नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराउनुभएको हो । खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही  तीन लाख रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।

भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा प्रवेश

भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको दोस्रो सेमिफाइनलमा नेपालले पाँच पटकको विजेता भारतलाई पेनाल्टी शुटआउटमा ४/ २ गोलले हरायो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा १/१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । भारतका लागि सङ्गीता बस्फोरेले गोल गरिन् ।

खेलको ७१ औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले लगत्तै गोल फर्काए पनि रेफ्रीले त्यसलाई मान्यता नदिएपछि खेल एक घण्टाभन्दा धेरै समयसम्म रोकिएको थियो । त्यसपछि रेफ्री, म्याच कमिस्नर लगायतले छलफल गरेपछि खेल शुरू भएको हो ।

यसअघि खेलको ५० औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाउँदै बाहिरिएपछि पनि खेल केही बेर रोकिएको थियो ।अब नेपालले उपाधिका लागि आउँदो बुधवार बङ्गलादेशसँग खेल्नेछ ।

समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि, कोशी र मधेसमा वर्षाको सम्भावना

समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको छ । यसका कारण नेपालको पूर्वी भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आँधी ‘दाना’ को प्रभावका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो ।

पूर्वका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि देशका अरु ठाउँमा भने मौसम घमाइलो हुने मौसमविद्ले बताएका छन् । बङ्गालको खाडीमा केही दिनअघि उत्पन्न भएको यो आँधीको प्रभाव भारतको उडिसा र पश्चिम बङ्गालमा पनि परेको छ ।