Author: समिर आलम

भद्रपुर । भद्रपुरमा फेरि चोरको बिगबिगी बढेको छ । सीमा नाकासँग जोडिएको भद्रपुरमा चोरी घटना बढेसँगै स्थानीय चिन्तित बनेका छन् । यसै क्रममा भद्रपुर- ६ निवासी हेमन्त सुरानाको घरमा बुधबार चोरी भएको छ ।घरमा कोही नभएको मौका छोपी दिउँसोको समयमा चोरी भएको पीडितले जनाएको छ । उनको घरको कोठाबाट ४ तोला सुन र ७० हजार नगद चोरी भएको हो । उनले चोरी भएको बारेमा स्थानीय प्रहरीलाई जानकारी गराइसकेको छ 

Read More

बारा । दलित किशोरसँग प्रेम गरेको भन्दै १५ वर्षीया छोरीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा बाराको फेटा गाउँपालिका-१ त्रिवेणी टोलका हरिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो । महतोले साउन ११ गते छोरी कोशिलाको हत्या गरी पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुलनजिकै इमृतिया खोलाकिनारमा फालेको प्रहरीले बताएको छ । कोशिलाको शव पर्सा प्रहरीले साउन १३ गते फेला पारेको थियो । शरीर र टाउको छुट्टाछुट्टै पारी हत्यास्थलबाट ५० मिटर दुरीमा फालिएको अवस्थामा कोशिलाको शव फेला परेको थियो । प्रहरीको अनुसन्धान जारी राखेको थियो । पाँच महिनापछि अर्थात् करिब २० दिनअघि मात्रै शवको पहिचान भएको…

Read More

झापा/ उदयपुर र झापाबाट लागुऔषध गाँजा र ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो दिउँसो १ बजे उदयपुर कटारी नगरपालिका ३ स्थित बसपार्कबाट इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा ८ किलोग्राम सहित सिरहा गोलबजार नगरपालिका १ की २८ बर्षीया अनिता राईलाई पक्राउ गरिएको छ । त्यसैगरी हिजै बेलुका ८ बजे झापाको दमक नगरपालिका–२ स्थितबाट अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले २९ बर्षीय तागेन्द्र मगरलाई लागुऔषध ब्राउन सुगर ५०० मिलिग्राम सहित घरैबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा । आगो ताप्ने क्रममा मोरङको कटहरीमा एकजना महिलाको मृत्यु भएको छ । आगोले जलेर सिकिस्त घाइते भएकी महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । जलेर घाइते भएकी कटहरी गाउँपालिका–२ की ६० वर्षीया फूलमाया रायको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । घरअगाडि आँगनमा बालेर ताप्ने क्रममा कपडाबाट शरीरमा आगो सल्किएर उनी केही दिनअघि घाइते भएकी थिइन् । उनको विरानगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको थियो । शरीरका विभिन्न भाग जलेर सिकिस्त भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

माघ १० गते / •लीलाराज झापाली विश्वभरनै अन्तराष्ट्रिय झापाली समाजको साखाहरु खुल्नेक्रमलाई तीव्रता दिइएको छ । हालै झापाको बिर्तामोडमा भएको समाजको चौथो महाधिवेशनबाट मुकुन्द ढुङ्गानाको अध्यक्षतामा बनेको नयाँ समितिले विश्वभर छरिएर रहेका झापालीहरुलाई सोही देशमा पुगि संगठित गर्न सुरु गर्नुभएको हो । मकाउमा समेत धमेन्द्र सिटौलाको संयोजकत्वमा तदर्थ समिति गठन भएको छ । जसमा सहसंयोजकमा मकर राई, सचिवमा बुद्धप्रसाद गिरी, सहसचिवमा बिजय प्रसाई र कोषाध्यक्षमा देउमान तामाङ्ग रहनुभएको छ । अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाको प्रमुख आतिथ्यता तथा समाजका निर्वतमान अध्यक्ष छत्र सुब्बा हङकङको रोहबरमा समिति गठन भएको हो । समिति गठन भएपछि भौगोलिक रुपमा विश्वमा सानो मुलुक रहेको…

Read More

कनकाई/चन्द्र बस्नेत झापाको कनकाई नगरपालिकाका स्वास्थ्यकर्मीलाई नयाँ गर्भनिरोधक तीन महिने सुई ‘साइना प्रेस’बारेमा प्रशिक्षण दिइएको छ । कनकाई नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरभरिका स्वास्थ्य संस्था र अस्पतालका स्वास्थ्यकर्मीलाई सरकारले निःशुल्क रुपमा उपलब्ध गराउन थालेको नयाँ गर्भनिरोधक सुईका विषयमा प्रशिक्षण दिइएको हो । नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका पब्लिक हेल्थ नर्स सुनिता राईले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।यसअघि दिइँदै आएको डिपोको विकल्पमा साइना प्रेस दिन थालिएको बताउनुभयो । यसअघि दिइँदै आएको तीन महिने सुई डिपोको तुलनामा राम्रो र कम साइडिफेक्ट रहेको उहाँले बताउनुभयो । औषधिको मात्रा र पावर कम भएकाले साइडिफेक्टसमेत कम रहेको उहाँको भनाइ…

Read More

पुर्वको चर्चित पर्यटकिय स्थल धनुषकोटीधाम पर्यटकिय स्थलमा दुई पिकनिक समुहविचमा झगडा हुदा ३ जना घाईते बनेका छन । बिर्तामोडबाट आएको एक पिकनिक समुह र अर्को पिकनिक समुहका विचमा नाचगान गर्ने क्रममा अहिले करिव साढे ५ बजे झगडा परेको थियो । एक अर्को समुहले खुकुरी निकालेर अन्धाधुन्ध प्रहार गर्दा विर्तामोडको एक समुहका ३ जना घाईते बनेको र घाईतेमध्ये १ जनाको अबस्था गम्भिर रहेको स्थानीयको भनाई रहेको छ । सो क्रममा मोटरसाईकल समेत तोडफोड भएको बताइएको छ ।हाल सुरुङ्गा, बिर्तामोड लगायातका प्रहरीले उक्त स्थानलाई नियन्त्रणमा लिएका छन । हतियार प्रहार गर्ने समुहको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।कनकाई अनलाईनबात

Read More

झापाको अर्जुनधारा ६ का एक महिला मृत फेला परेकी छन् । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । उनको टाउकोमा ढुङ्गाले हिर्काएको देखिएको छ । प्रहरीका अनुसार घटना शंकास्पद भएकाले अनुसन्धानका लागि प्रदेशको टोली कुकुर सहित बिर्तामोड आउदैछ । अपडेट

Read More

८ माघ २०८० कनकाई •चन्द्र बस्नेत कुनै पनि काम सानो र ठुलो हुदैन, जबसम्म श्रमलाई समाजले सम्मान गर्न सक्दैन तव सम्म समुदायका नागरिकहरूले आर्थिक उन्नति गर्न सक्दैनन् भन्ने तथ्यलाई जनचेतना फैलाउने उद्देश्यले शिक्षा क्षेत्रमा काम गर्दै आएका पूजा संग्रौला र गायत्री लिम्बुले झापाको सुरुंगा बजारमा प्याजी तथा आलु चप को व्यापार सुरु गर्नुभएको छ । आज बाट सुरु गरेको खुद्रा व्यापार, १५ दिन सम्म सञ्चालन गर्ने बताईएको छ । नितान्त व्यक्तिगत रुपमा समाज प्रति सकारात्मक सोचको विकास गराउने उद्देश्यले सुरु गरेको आलु चप व्यापारमा प्रयोग गरिएका सामाग्रीहरू पन्ध्र दिन पछि कोही व्यक्तिले उक्त व्यवसाय गर्न चाहेमा सम्पूर्ण सामाग्रीहरू हस्तान्तरण गर्ने…

Read More

४ माघ २०८०चन्द्र बस्नेत कनकाई, झापाको पवित्र एवम् धार्मिक स्थल कनकाई माईको पुर्वी किनारमा गत पौष २९ गते बाट माघ २ गतेसम्म माइवेनी मेला लागेको स्थानको सरसफाई गर्न सुरु गरिएको छ । आफ्नो काम आफै गरौं भन्ने मुल उध्येश्यका साथ कनकाई वडा न ४ मा रहेको उक्त स्थानको वडा कै अगुवाइमा सबै टोल विकास सस्थाको सहयोगमा मेला स्थलको सरसफाइ सुरु गरिएको वडा अध्यक्ष रोषन सुवेदीले जानकारी दिनुभयो । मेला स्थल धार्मिक क्षेत्र पनि भएकाले मानिसका लागी सरसफाइ अति आवश्यक छ भन्दै सरसफाई कार्यक्रम सुरुवात गरिएको वडा अध्यक्ष सुवेदीले स्पष्ट पार्नुभयो।स्वच्छ वातावरणमा जिउनका लागि सरसफाई आवश्यक छ त्यसमापनि पर्यटकीय एवम् धार्मिक…

Read More