Author: समिर आलम

हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिकाले माघ १५ गते पालिका क्षेत्रभित्र स्थानीय सार्वजनिक बिदा दिने भएको छ । संथाल जातिको भाषा, धर्म, संस्कृति लोप हुने अवस्थालाई दृष्टिगत गरी यसको संरक्षण र प्रवर्द्धन गर्न सार्वजनिक बिदाको लागि पालिका समक्ष माग गरिएकाले स्थानीय बिदा दिएको हो । पालिकाले सूचना जारी गर्दै माघ १५ गते सोमबारका दिन हल्दीबारी गाउँपालिकाको कार्यालय र अन्तर्गत रहेका वडा समितिका कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा बिद्यालयहरुमा एक दिन स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख छ । गत माघ १० गतेको कार्यापलिका बैठकबाट निर्णय भए अनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)…

Read More

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ९ मा सञ्चालित महिलाहरुका लागि उद्यमशिलता सम्बन्धी ५ दिवशीय तालिम आज समापन भएको छ । तालिम गएको ८ गतेबाट सञ्चालित महिलाहरुका लागि साबुन, हर्पिक र फिनेल बनाउने तालिम समापन भएको हो ।तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले तालिम लिइएका सहभागीहरुलाई आफै पनि सामाग्री जुटाएर यहाँ सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाब दिए । उनले महिलाहरुले समूह बनाई हर्पिक, फिनेल लगायतका सामाग्रीहरु उत्पादन गरी विक्री वितरण गर्न समेत आग्रह गरेका छन् ।तालिम आयोजक संस्था सम्पन सवल नेपालकी अध्यक्ष लिलादेवी शिवलालले आफुले विभिन्न क्षेत्रहरुमा तालिम गराएर धेरै महिलाहरुलाई आय आर्जन…

Read More

कनकाई/लिलाराज झापाली सुरुङ्गा जेसिज बर्ष २०२४ को अध्यक्षमा जेसि राजु पाठक सर्वसम्मत चयन भएका छन । आज भएको अधिवेशनबाट पाठकको नेतृत्वमा नयाँ समिति गठन भएको छ । आज भएको अधिवेशनबाट जेसिजको कार्यकारी उपाध्यक्षमा विवेक शिवाकोटी र पुष्पराज ढकाल सर्वसम्मत हुनुभएको छ । यसैगरि महासचिवमा रिसवसिंह चहार, उपाध्याक्षमा बिमान लामा, सुजता सिटौला ओली, डिल्ली रिजाल,कोमल न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । सैगरि जनसम्पर्क अधिकारीका सरिता गुरागाइ, कोषाध्यक्ष सपना गिरी, नेपाल सर्वसम्मत चयन हुनुभएको छ । यसैगरि तालिम निर्देशक मेनुका उप्रेती, कानुनी सल्लाहकार दिपेन्द्र प्रधान सर्वसम्मत चयन हुनुभएको छ । बाकी कार्यसमिति अध्यक्षले आगामी पद हस्तानतरणका दिन चयन हुने छ । सुरुङ्गा…

Read More

काठमाडौँ । नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी कोषाध्यक्ष २७ वर्षीया सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पीडितको निवेदनका आधारमा सुनारलाई ललितपुर महानगरपालिका–३ धोबिघाटबाट पक्राउ गरिएको जानकारी दिए । प्रहरीले सहकारी ऐन, २०७४ अन्तर्गतको कसुरमा सुनारलाई पक्राउ गरेको हो । सुनारविरुद्ध आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ बुझाइएको अधिकारीले बताए । उक्त सहकारीको रकम हिनामिनाको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित आठजनालाई प्रतिवादी बनाइएको…

Read More

काठमाडौं: काठमाडौंस्थित भारतीय राजदूतावासमा मिति भारतको ७५ औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्रको दिवसको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ भयो । सो अवसरमा वहाँले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरुलाई पनि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरियो । माननीय राष्ट्रपतिले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि विशेष गरी भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान-३ मिशन बारे चर्चा गर्नुभयो । कार्यक्रमका दौरान राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम…

Read More

लागु औषधसहित पक्राउ परेका एक भारतीय नागरिकलाई हिरासतबाट भगाएर आफू पनि फरार भएका तत्कालीन प्रहरी जवान विरवल राय यादव १६ वर्षपछि पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका भारतको रक्सौल घर भएका ३९ वर्षीय असरफ आलमलाई २०६४ सालमा भगाएर आफू पनि भागेका यादव यही माघ ११ गते पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले नेपाल–भारत सिमानाको काकडभिट्टाबाट माघ पक्राउ परेको हो । लागु औषधसहित पक्राउ परेका एक भारतीय नागरिकलाई हिरासतबाट भगाएर आफू पनि फरार भएका तत्कालीन प्रहरी जवान विरवल राय यादव १६ वर्षपछि पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा…

Read More

झापाको बाह्रदशी गाउँपालिका- ३ स्थित ‘राजगढ महोत्सव’ गएका एक जना मृत फेला परेका छन् । बिहीबारबाट शुरु भएको राजगढ महोत्सवमा गएका बाह्रदशी गाउँपालिका– ३ निवासी रविन उप्रेती मृत फेला परेका हुन् । बिहीबार साँझ राजगढ बजार पश्चिममा लगाइएको राजगढ महोत्सवमा गएका उप्रेती आज बिहान त्रिवेणी चौक नजिकै खेतमा मृत भेटिएसँगै प्रहरीले अनुसन्धान शुरु गरेको छ । प्र-१-०१-०१६ प १५५३ नम्बरको मोटरसाइकल लिएर महोत्सव हेर्न गाएका उनी मृत भेटिएका हुन् । मृतक उप्रेतीले प्रयोग गरेको मोटरसाइकल शवको नजिकै लडेको अवस्थामा भेटिएको मृतकका आफन्त दिनेश मैनालीले बताए । उनले भने – शव र घटनाको प्रकृति हेर्दा मोटर साइकल दुर्घटनामा परी उनको निधन…

Read More

पोखरा – म्याग्दीको बेनीमा ग्याङफाइट हुँदा एकजनाको मृत्यु भएको छ । बेनी ८ पिपलचोक बस्ने २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको हो । युवाहरुबिच झगडा हुँदा एक्कासी खुकुरीले छातीमा प्रहार गरेपछि गर्बुजा घाइते भएका थिए । उपचारका लागि बेनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका म्याग्दीका प्रहरी प्रमुख नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । गर्वुजाको टाउको र छात्तिमा चोट लागेको थियो । थप दुईजना घाइते छन् । उनीहरुको बेनीमै उपचार भैरहेको कुवँरले बताए । उनीहरुलाई ८/१० जनाको समूहले चक्कु प्रहार गरेका बताइएको छ ।घटनामा संलग्नहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । कारण खुल्न सकेको छैन । अनुसन्धान भैरहेको छ…

Read More

मुम्बई, १२ माघ । ऋतिक रोशनको फिल्म ‘फाइटर’ ठूलो पर्दामा आएको छ । समीक्षकदेखि दर्शकसम्म फिल्मको तारिफ भइरहेको छ । फाइटरमा ऋतिक रोशन र दीपिका पादुकोणको एक्शन निकै रुचाइएको छ । फाइटरको अग्रिम बुकिङले पनि राम्रो प्रतिक्रिया पाएको थियो । यसैबीच, अब ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुर अभिनित यस फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्शन सार्वजनिक भएको छ । जसमा फाइटरले पहिलो दिनमा राम्रो सुरुवात गरेका छन् । तर, २०२३ का धेरै ठूला फिल्मको तुलनामा फाइटरको ओपनिङ भने सानो रहेको छ ।सैकनिल्ककाअनुसार ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुरको फिल्म फाइटरले पहिलो दिन २५ करोडको ओपनिङ गरेको छ…

Read More

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्। मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले मेयर शाह मतदानमा सहभागी हुन नभ्याउने बताए। ‘कार्यव्यस्तताका कारण उहाँ मतदानमा जान नभ्याउने हुनुभएको हो’, उनले भने। नेपालखबरबाट  

Read More