Friday, October 18, 2024

सुनको भाउ आज आठ सय रुपैयाँले बढ्यो

Share

सुनको भाउ आज आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आठ सयले बढेर तोलाको एक लाख ६० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ पाँच सयले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी १० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्वन्धित

अन्य समाचार