Friday, October 18, 2024

इजरायलको अन्धाधुन्ध आक्रमणपछि लेबनानको अवस्था नाजुक बन्दै

Share

१३ असोज । विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले लेबनानमा चलिरहेको द्वन्द्वबाट प्रभावित १० लाख मानिसलाई खाना उपलब्ध गराउन आपत्कालीन अभियान सञ्चालन गरेको जनाएको छ ।

डब्ल्यूएफपीले विज्ञप्ति निकालेर देशभरका आश्रयस्थलहरूमा खाद्यान्न, रोटी, ताजा खाना र तयारी खानाका पोकाहरू वितरण गरिरहेको जनाएको हो । लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको व्यापक बमबारीपछि अवस्था चिन्ताजनक रहेको छ । लेबनानका लागि डब्ल्यूएफपीका निर्देशक म्याथ्यु होलिङवर्थले अन्तर्राष्ट्रिय समुदायलाई १० करोड ५० लाख अमेरिकी डलर परिचालन गर्न आग्रह गरिएको पनि बताउनुभएको छ ।

अस्ति इजरायलको आक्रमणमा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको ज्यान गएपछि अवस्था तनावपूर्ण बनेको छ । इरान समर्थित नेता नसरल्लाहको ज्यान गएपछि अब इरान पनि युद्धमा जोडिन सक्ने भन्दै चौतर्फी डर छाएको खबरमा उल्लेख छ ।

यस्तै इजरायलले अहिलेसम्म लेबनानमा हवाई र मिसाइल आक्रमण गरेकोमा अब जमिनबाटै पनि आक्रमण गर्ने तयारी गरिरहेको छ । लेबनान प्रवेशका लागि इजरायलले सयौं ट्याङ्क र हजारौं हतियार तयारी अवस्थामा राखेको छ ।

सम्वन्धित

अन्य समाचार