Wednesday, January 15, 2025

न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी कनकाईमा पूनर्ताजगी कार्यक्रम

Share

सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकामा न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रम भएको छ । कनकाई नगरपालिकाको न्यायिक समितिको आयोजनामा नगरको सभाहलमा आज (आइतवार) कार्यक्रम भएको हो । 

नगरकी न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । 

kankai 1

झापा जिल्ला न्याधिश अशोककुमार बस्नेत, झापा बार एशोशिएसनका अध्यक्ष नारायण भट्टराईले नगर तथा वडामा न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रमको सहजीकरण गरेका थिए ।

 स्वागत नगर न्यायिक समिति सदस्य नवलकिशोर दत्तले गरेको उद्य्घाटन कार्यक्रमको सञ्चालन न्यायिक समिति सदस्य तथा कनकाई २ का वडाध्यक्ष बलराम राई (प्रताप) ले सञ्चालन गरेका थिए । 

कार्यक्रममा नगरका कानुन अधिकृत तथा अधिभक्ता भूपेन्द्र बस्नेत, नगर तथा वडाका न्यायिक समितिका पदधिकारी तथा सदस्य, वडाध्यक्षहरु, जनप्रतिनिधिलगायतको सहभागीता रहेको थियो । 

सम्वन्धित

अन्य समाचार