जीवन विकास लघुवित्त वित्तीय संस्था शिवगञ्ज सेवा केन्द्रले सम्मान , अभिभावकत्व ग्रहण साथै प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
“आर्थिक समृद्धिको अभियान, वित्तीय साक्षरताको ज्ञान” भन्ने नाराका साथ मोरङको कटहरी २ मा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शिवगञ्ज सेवा केन्द्रले अाज शुक्रबार शिवगञ्जमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता साथै अभिभावकत्व ग्रहण र सम्मान कार्यक्रम गरेको हो ।
कार्यक्रममा संस्थाले कारोबारको विभिन्न बिधामा उत्कृष्टहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचत कर्ता भाग्यवती राजवंशी , लक्ष्मी हेमरम , लिला कुमारी कुमाल , उत्कृष्ट एटीएम जानुका देवी मगर , सफल ऋणी मुना चम्लगाई , राधा वानिया, रेखावती राजवंशी , उत्कृष्ट उद्धमी राजकुमारी राजवंशी , सुरक्षा नेपाल बजगाई र शर्मिला राजवंशी रहनु भएको छ ।
केन्द्र तर्फ शिवगञ्ज सेवा केन्द्र अन्तर्गत रहेका संस्कृति जीवन विकास केन्द्र , प्रगति जीवन विकास केन्द्र , अारती जीवन विकास केन्द्र , पारिजात जीवन विकास केन्द्र र दन्तकाली जीवन विकास केन्द्रलाई समेत संस्थाले सम्मान गरेको छ ।
कार्यक्रममा संस्थाले ४ जना सदस्य परिवारका ९ जना बालबालिकाको एक वर्षका लागि अभिभावकत्व ग्रहण गरेको छ । संस्थाले ती बालबालिकाको एक वर्षमा शिक्षा आर्जनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने छ ।
यसका साथै शिवगञ्ज सेवाकेन्द्रले अाफ्नो सेवाकेन्द्र क्षेत्रमा रहेका संस्थाका सदस्य भएका साथै नभएका न्यूनअाय भएका परिवारका बालबालिकालाई गौरिगञ्ज १ मा २ वटा ट्युसन सेन्टर मार्फत निशुल्क शिक्षा प्रदान गर्दै अाएको संस्थाका शिवगञ्ज सेवाकेन्द्र प्रमुख सचिन्द्र कुमार शाहले जानकारी गराउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि शिवसतासी नगरपालिका प्रमुख मेगाहांग थोप्राले शुभकामना मन्तव्य राख्दै वित्तीय संस्थासँग अनुशासीत ढङ्गले ब्यवहार गरे सबैलाई सहयोग पुग्ने वताउनु भयो । उहाले “ऋण लिनुभन्दा पनि त्यसलाई सदुपयोग गर्नु ठूलो चुनौती भएको भन्दै लिएको ऋणलाई उत्पादनमूलक क्षेत्रमा सदुपयोग गरे अाफु पनि सक्षम बन्न सकिने र संस्था पनि अघिवड्ने वताउनु भयो ।
कार्यक्रममा शिवसतासी ६ का वडा अध्यक्ष मनोज खुलालले मुलुकमा सहकारी र लघुवित्तको प्रवेश भएसँगै आमनागरिकमा वित्तीय पहुँच अभिबृद्धि भएको उल्लेख गर्दै स्वार्थको लागि भ्रम फैलाउनेहरुले समस्यामाथी खेलिरहेको हुदा त्यस्तो भ्रमको पछाडि नलाग्न सुझाउनु भयो ।
कार्यक्रममा जीवन विकासका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले लघुवित्त वित्तीय संस्था विस्वासमा चलेको संस्था भएकोले संस्थाले सदस्यलाई र सदस्यले संस्थालाई सधै विस्वास गर्नुपर्ने वताउनु भयो । अहिले मानिसमा वित्तीय पहुँच बढ्दै गएकोले वित्तीय साक्षरता आवश्यक रहेको उहाँको भनाइ छ । सदस्यले बिना धितो पैसा पाउने अवसर पाएको बताउँदै उहाँले त्यो पैसाको सदुपयोग नुहँदा पनि समस्या भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बाणिज्य संघ शिवगञ्जका महासचिव टंक प्रसाद मैनाली , केन्द्र प्रमुखहरु श्याम देवी राजवंशी , अम्बिका देवी हजाम लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शिवसतासी ५ का वडा अध्यक्ष सिकिन पासवान ,
बरिष्ठ प्रहरी नायव निरिक्षक ललित नारायण झा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थागत जानकारी साथै साक्षरता शिक्षा संस्थाका केन्द्रीय कार्यलय तालिम विभाग प्रमुख रञ्जना निरौला र कोशि प्रदेश कार्यलय धनकुटाका अधिकृत राकेशकुमार साहले प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सदस्यहरुले नृत्य प्रस्तुत गर्दै मनोरञ्जन समेत गर्नुभएको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वगत शिवगञ्ज शाखा प्रमुख सचिन्द्र कुमार साहले गर्नुभएको थियोे भने कार्यक्रमको सञ्चालन संस्थाका झापा जिल्ला प्रमुख बसन्त चौधरीले गर्नुभएको थियो ।