इटहरी–१३ खनारमा श्रीमान-श्रीमतीको एकैदिन निधन भएको छ । एकैदिन निधन भएका दुवैको शवलाई एकै चितामा दाहसंस्कार गरिएको आफन्तले बताएका छन् ।
एउटै तिथिमा श्रीमान श्रीमतीको मृत्यु हुनु दुर्लभ भएको मलामी आएकाहरुले बताएका छन् । यसअघि स्याङ्जा लगायतका जिल्लामा पनि यस्ता घटनाहरु भएको थियो ।
इटहरी-१३ की ७८ वर्षीया नर्वदा भट्टराईको मङ्गलबार ८ बज्न १५ मिनेट बाँकी रहदा मृत्यु भएको थियो । घरपरिवारमा रुवाबासी दुःख मनाउ भइरहँदा नर्वदाको ८६ वर्षीय श्रीमान टिकाप्रसाद भट्टराईको पनि ह्यदयघातका कारण मृत्यु भएको आफन्तले बताएका छन् ।
दुवै जनाको शवलाई इटहरीमा परिक्रमा गराई स्थानीय बुढीखोलामा एकै चितामा दाहसंस्कार गरिएको स्थानीयले बताएका छन् ।