Friday, October 18, 2024

दमकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Share

झापाको दमक नगरपालिका–१ स्थित देवान चोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

को १० प ९९३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दमक–१ भाङबारी बस्ने ६४ वर्षीय रामकुमार राईको शुक्रबार साँझ मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको दमक अस्पतालमा उपचार भइरहेको छ ।

यता, मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित सडकमा ना ४ ख ७०७४ नम्बरको ट्रकले प्र.१–०२–०५३ प ५५२८ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–१० बस्ने ५५ वर्षीय श्रीकुमार काङवाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल ट्रमा सेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।jhapa online

सम्वन्धित

अन्य समाचार