Friday, October 18, 2024

अहिलेसम्म भएको छैन क्रिकेट विश्वकप छनोटको ड्र, कहिले होला ?

Share

केही अन्तर्राष्ट्रिय अनलाइनले छनोट प्रतियोगिताको ड्र भइसकेको भन्दै समूह विभाजनसहितको समाचार प्रकाशित गरे पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हालसम्म आधिकारिक ड्र सार्वजनिक गरेको छैन ।

प्रतियोगिता हुन अब एक महिना मात्र बाँकी छ । आईसीसीले आउने साता विश्वकप छनोटको ड्र हुने जनाएको छ ।

साझान्यूजले सोधेको प्रश्नमा आईसीसीले इमेल पठाउँदै आउने साताको सुरुवातमा विश्वकप छनोटको ड्र हुने जानकारी दिएको हो । ‘हामी अर्को हप्ताको सुरुमा हाम्रो नर्मल च्यानलहरूमार्फत खेल तालिका घोषणा गर्नेछौं’, आईसीसीले इमेलमा भनेको छ ।

जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने छनोट प्रतियोगितामा घरेलु टोलीसहित वेष्ट इन्डिज, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नेपाल, अमेरिका र युएईले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी १० टोलीलाई दुई समूहमा विधाजन गरिनेछ र लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

सुपर सिक्सका शीर्ष दुई टोली फाइनल पुग्दै भारतमा हुने विश्वकपमा छनोट हुनेछन् ।

सम्वन्धित

अन्य समाचार