Saturday, January 18, 2025

राजनीतिक दललाई पछिछोर्दै जामुनवारी सामुदायिक वनको अध्यक्षमा स्वतन्त्रका गिरी निर्वाचित

Share

जामुनवारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनवारी सिमसार पर्यटकीय क्षेत्रको अध्यक्षमा स्वतन्त्रका पर्शुराम गिरी निर्वाचित भएका छन् । 

स्वतन्त्र उम्मेदवार रहेका गिरीले पुराना दल एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै भारी मतले बिजय हासील गरेका हुन् । 

हिजो बैशाख ६ गते भएको निर्वाचनमा स्वतन्त्र प्यानलबाट गिरी ४३१ मम प्राप्त गरेर बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी कांग्रेसका बुद्धिमान बोहोरा १४२ र एमालेका सिता अधिकारीले १९२ मत प्राप्त गरेका थिए । 

त्यस्तै स्वतन्त्रबाट उम्मेदवार बनेका दिपक ओली पनि सचिव पदमा शानदार बिजयी भएका छन् । उनले पनि २९८ मत पार्दै कांग्रेस र एमालेका उम्मेदवारलाई हराएका हुन् । उनका प्रतिद्धन्दी कांग्रेसका यसकुमार अधिकारीले २२१ मत र एमालेका दिपक बोहोराले २१५ मत प्राप्त गरेका थिए । 

त्यस्तै उपाध्यक्षमा भने एमालेका रेनुका खवास बिजयी भइन् । स्वतन्त्रका चन्द्रा बुढाथोकीले २२७ मत प्राप्त गर्दा कांग्रेसका तारा कोइरालाले २२१ मत प्राप्त गरेका थिए । 
कोषाध्यक्षमा नेपाली काङ्ग्रेसबाट उमेदवारी दिएकी चेतकुमारी सापकोटा (रचना) ३४३ मत ल्याउदै बिजयी भईन भने उनको प्रतिद्वन्द्वी ईन्दिरा पाण्डे (भण्डारी) ले २४६ मत प्राप्त गरिन ।

त्यस्तै सदस्यहरुमा चित्रकुमार श्रेष्ठ , अर्जुनकुमार गिरी , गीता गुरागाँई , दिलबहादुर गिरी निर्वाचित भएका छन् भने बलबहादुर भुजेल , उषादेवी भुजेल , लुमा दाहाल अधिकारी , अशोककुमार न्यौपाने र जानुका गुरागाँई निरौला सदस्यमा सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक दधिराम पोखरेलले जानकारी दिए ।

पुर्ण समिति १५ सदस्यीय रहने समितिमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एकसहित १४ जना मतदान र निर्विरोध प्रक्रियाबाट निर्वाचित भएको र कार्य समितिले १ जना मनोनयन गर्ने प्रवाधान रहेको निर्वाचन समितिका सदस्य भुवन खतिवडाले वताए ।

सामुदायिक बनको निर्वाचनमा बनको ५ वटा क्षेत्र रहेको र ८ सय ५१ उपभोक्ता मतदाता रहेकोमा ८ सय ९ जनाले मतदान गरेको निर्वाचन समितिका सचिव इन्द्रपुलामी मगरले जानकारी दिए ।

निर्वाचनमा स्वतन्त्र उम्मेदवार पर्शुराम गिरी, एमालेकी सिता अधिकारी र कांग्रेसका बुद्धिमान बोहोराको नेतृत्वमा तीनवटा प्यानल चुनावी मैदानमा होमिएका थिए ।

सम्वन्धित

अन्य समाचार